×

अजित अधिकारी 

धार्मिक ऐतिहासिक र प्राकृतिक सौर्न्दर्यताले माडी भरिपूर्ण र बिश्वकै एक सुन्दर नगरी भएतापनि अन्य विविध समस्याले पिछडिएको छ ।सदरमुकाम भरतपुरदेखि झन्डै ४२ कि।मि। को दुरीमा रहेको माडी भरतपुर माडी ठोरी हुलाकी सडक रुट अन्तर्गत पर्दछ ।जसअनुरुप भरतपुरबाट माडी र माडीबाट भरतपुर आवतजावत गर्दा चितवन राष्ट्रिय निकुञ्ज हुँदै आउनुपर्छ । भने उता माडीबाट ठोरी जादा पनि चितवन राष्ट्रिय निकुञ्ज भएर आवतजावत गर्नुपर्छ । यसरी आवतजावत गर्दा जोखिम पनि उत्तिकै बढ्दो छ ।

खासगरी निकुञ्ज क्षेत्रबाट निस्कने जंगली जनावारहरुको बिगबिगी बेलाबखतमा हुने गर्दछ । यसले पनि माडीबासीहरुमा ठूलो जन्जिर समस्याको रूपमा खडा भएको छ ।तर यसरी समस्या भनिरहदा अर्कोतिर माडी क्षेत्रको प्राकृतिक सौन्दर्यता हावापानी र यहाँ रहेका धार्मिक क्षेत्रहरुले समेत माडीको गरिमालाई भने उच्च राखिरहेको छ ।

खासगरी चितवन राष्ट्रिय निकुञ्जका कारण माडी सधैं बत्तीमुनीको अँध्यारो जस्तै बेलाबेलामा बन्दै आइरहेको छ । आज भन्दा १० बर्ष अगाडिको परिवेश र अहिलेको परिवेशलाई फर्केर हेर्दा कयौं परिबर्तन त भएका छन् । तर बिकास नभएको भने होइन । तापनि समय र आबश्यकता अनुसार जति बिकासले फड्को मार्नुपर्ने हो । त्यति बिकासका कामहरु भने भएको देखिदैन । जस्तोकी दिगो बिकासको अबधारणा अपनाएको देखिदैन । फलस्वरूप यसको उदाहरण खोज्न धेरै टाढा जानु पर्दैन । बिजुलीको अभावमा र बिजुली आउने आशामा आजभन्दा १३र१४ बर्ष अगाडि नेताहरूले बिजुलीका पोलहरु गाडेर लौ अब आउँछ है माडीमा बत्ती भन्दै जनतालाई भोट बैंकको रूपमा प्रयोग गरे ।
अहिले यसैको ज्वलन्त उदाहरण निकुञ्ज भित्र बिछ्याइएको भुमिगत तारमा देखिएको छ । बिजुली त माडीमा आयो तर जुन दिगो किसिमले आउनुपर्ने त्यो भने देखिएन । यसको तात्पर्य प्राबिधिकहरुका अनुसार एक्सएलपी (केबुल) को भाग कमजोर भएको कारण यस्तो खालको समस्या बारम्बार दोहोरिरहने उनीहरुको भनाइ छ । जसले गर्दा बेलावखतमा फल्ट हुने समस्या देखिएको हो ।

यसको दिगो अबधारणा भनेको बैकल्पिक बिद्युत सेवा भन्दा दीर्घकालीन बिद्युत सेवा नै आजको अपरिहार्य आबश्यकता देखिन्छ । तर यसबारेमा प्रश्न गर्दा स्थानीय निकायले पहिलेदेखिबाट नै अर्को नयाँ दीर्घकालीन बिद्युत जडानको लागि बजेट समेत बिनियोजन गरेको बताएतापनि अहिलेसम्म यसबारेमा काम भएको भने देखिदैन । काम किन हुन सकेन त उसो भए रु भन्दा बाताबरणिय अध्यन गरेर प्रतिबेदन तयार गर्नुपर्ने भएको हुँदा (इआइए) हुन बाँकी रहेको र यसमा निकुञ्ज प्रशासनको अनुमती भएपछि मात्र काम अगाडि बढ्ने पहिलेदेखिबाट नै स्थानीय निकायले बताएको थियो ।

तर उता यसबारेमा कुनै जानकारी नआएको निकुञ्ज प्रशासनले बताएको छ । यसैगरी अर्को प्रमुख समस्या भनेको निकुञ्ज ऐन २०२९ संसोधन नहुनु, निकुञ्जको बाटो फराकिलो र कालोपत्रे नहुनु, निकुञ्जको बाटो २४ सै घण्टा सुचारू नहुनु, ब्यबस्थित रिउ करिडोर अझै निर्माण हुन नसक्नु, आफ्नै जग्गा तथा घरमा उत्पादन भएका तरकारी तथा फर्निचरका सामाग्रीहरु भरतपुर लैजान नपाउनु, मानव र बन्यजन्तु बीचको द्वोन्द अझै समाधान हुन नसक्नु, जंगली जनावरहरुको बिगबिगीका कारण अन्नबाली जोगाउन किसानलाई गार्‍हो हुनु जस्ता समस्याहरु छन् ।
उता भूमिहिन सुकुम्बासीहरुको समस्या पनि उत्तिकै छ । पाँच बर्षे कार्यकालमा पनि भूमिहिन सुकुम्बासीका समस्याहरु समाधान हुन सकेनन् । त्यतिबेला नगर प्रमुख ठाकुर प्रसाद ढकालले माडीको परुई खोलाका चेपाङ्गहरुलाई त्यहाँ बसोबास गर्ने झन्डै ६८ घरधुरी चेपाङ्ग परिवारलाई नगरपालिकाले तीन कोठे घर र एकओटा चर्पी बनाइदिने सपना देखाएको थियो ।

पूर्व नगर प्रमुख ढकालले घर बनाउने प्रतिबद्धता जाहेर गरेपछि हामीले उनलाई बारम्बार फोन गरेर सोध्दा उनको एउटै जवाफ हुन्थ्यो एक साता भित्रमा भन्ने गफ गर्न माहिर नै रहिछन् उनी नभन्दै एक साता भन्दाभन्दै पाँच बर्ष नै बिताइदिए । यसैगरी माडीलाई इको नगरपालिकाको रूपमा बिस्तार गर्ने भन्ने कुरा नारामा मात्र सिमित रह्यो ।

हामीमा काम नगर्ने गफले मात्र आकाशका तारा झार्न खोज्ने परिबृती नै गलत हो ।यसैगरी माडीमा निर्माणाधिन पुलहरुको काम अझै अधुरो भएको छ । केही खोलाहरुमा भने निर्माणाधिन पुलका कामहरू सकिएका छन् । गत बर्ष अगाडि नै निर्माणाधिन कल्याणपुर जनकल्याण चोकसंगै रहेको रिमाल खोलाको पुल निर्माणको काम छोटो समयमा नै सबैभन्दा पहिले नै सकिएको हो ।

यसैगरी रिमाल खोलाको काम सकिए लगत्तै केही महिनापछि परुई खोलाको निर्माण कार्यपनि सकिएको हो ।यसरी हेर्दा, अधिकांश निर्माणाधिन पुलको काम अब करिब करिब अन्तिम चरणमा पुगेको छ । तापनि ति खोलाका कामहरु पनि अहिले केही ओझेलमा परेको देखिन्छ ।यसैगरी संघीय सरकारको बजेटमा निर्माणाधीन अवस्थामा रहेका निर्माणाधिन खोलाका पुलहरु चितवन राष्ट्रिय निकुञ्जको अवरोध र निर्माण सामग्रीको मूल्य वृद्धिका कारण पुलको कामले गति लिन नसकेको हो ।

बि।स। २०७४ सालमा सम्झौता भएका पुलहरुको काम ३५ देखि ९० प्रतिशतमा सीमित छ । भरतपुर–माडी–ठोरी हुलाकी सडकअन्तर्गत माडीमा मात्रै एक अर्ब १७ करोड ३१ लाख २७ हजार ४४२ रूपैयाँको लागतमा १२ वटा पुल निर्माण गर्न लागिएको हो ।
बर्षामा माडीका ठाडा खोलामा आउने बाढीले यहाँको यातायात सेवा ठप्प हुने गर्दछ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जका अनुसार पुल निर्माणको ठेक्का पाएका व्यवसायीले विभिन्न समयमा म्याद थप गर्दासमेत निर्माण सम्पन्न गर्न सकेका छैनन् ।

पुल निर्माणमा निकुञ्जले स्थानीय खोलाको ढुङ्गा–गिटी प्रयोग गर्न नदिँदा समस्या भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जका प्रमुख बरोगाप्रसादले बताए । उनका अनुसार निर्माणाधीन तीनवटा पुलको इआइएका लागि अनुमति नै प्राप्त भएको छैन । तीन पुलको अनुमति लिन युनेस्कोमा पठाइएको उनले बताए ।

मगोई खोलाको ८० प्रतिशत, रिउको ५५ प्रतिशत, बाँदरमुढेको ६० प्रतिशत, बगईको ६० प्रतिशत, रतनीको ९० प्रतिशत र घाँघर खोला पुलको भौतिक प्रगति ४० प्रतिशत छ । त्यस्तै, पतरेको ३५ प्रतिशत, भालु खोलाको ५० प्रतिशत, टुनामुनाको ८० प्रतिशत र चितई खोला पुलको ५० प्रतिशत प्रगति भएको उनले बताए । परूईको र रिमाल खोला पुलको निर्माण कार्य सम्पन्न भइसकेको हो । यसैगरी अर्को प्रमुख समस्या भनेको पाँच बर्षे कार्यकालमा पनि फोहोर मैला ब्यबस्थापन गर्न नसक्नु स्थानीय निकायको ठूलो कमजोरी हो ।

यसैगरी भित्री बाटोहरु निर्माण र कालोपत्रे हुन नसक्नु, कृषिमा आधुनिकरण गर्न नसक्नु, किसानलाई उचित मल बीउ बीजन र कृषि उपकरणहरुको उपलब्धता गराउन नसक्नु, खेतीयोग्य उर्बर भुमीको अतिक्रमण हुन, युवाहरु बिदेश पलायन हुनु, रोजगारीको अभाव, युवाहरूका आगि स्वरोजगारको कार्यक्रम नहुनु, माडीमा उत्पादन भएका सामाग्रीहरुले राम्रो बजार भाउ लिन नसक्नु अर्थात् बिक्री बितरणको लागि समयमा नै बजार पुर्याउन श्रोत र साधनको कमी हुनु जस्ता समस्याहरु छन् । यि यस्ता कयौं समस्याहरुका कारण पनि जनताले सेवा सुबिधा लिन सकिरहेका छैनन् । अन्त्यमा हालै भएको स्थानीय तह निर्वाचनमा बिजयी भएर आएका सबै जनप्रतिनिधिहरुले यस बारेमा गम्भीर भएर काम गर्नुपर्दछ । हाम्रालाई भन्दापनि राम्रालाई प्राथमिकता दिएर काम गर्नुपर्दछ । खासगरी माडी क्षेत्रभित्रको समस्या हल गर्नको लागि माथी उल्लेखित गरिएका समस्याहरुमा यसको समाधान सहित काम गर्न सकिएमा मात्र म तपाईं हामी सबैले कल्पना गरेको एउटा सुन्दर स्वच्छ र समृद्ध माडी निर्माण गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया