×

काठमाडौं- सरकारले दशैंमा गाँऊ जान र गाँउ बाट काठमाडौं आउने जस्ता कार्य नगर्न आम नेपालि लाइ आग्रह गरेको छ। असोज १७ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा आज सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्रि प्रदिप ज्ञावली यस्तो आग्रह गरेका हुन।

उनका अनुसार देशका अन्य भागमा कोरोना संक्रमण नियन्त्रण उन्मुख रहेको तर काठमाडौं उपत्यकामा झन संक्रमणको दर बढ्दै गईरहेको छ। त्यसैले काठमाडौं बाट बाहिर जाँदा कोरोना पनि संगै बाहिर जाने र संक्रमणको दर झन बढ्न सक्ने भन्दै सरकारले यस्त्यो आग्रह गरेको हो। अहिले उनले ६० वर्ष बढी उमेरका मानिसहरूलाई कोरोनाको संक्रमण दर र संक्रमणपछि मृत्युदर तुलनात्मक रूपमा बढी भएकाले आफ्ना अभिभावकलाई जोखिममा पार्न नहुने बताए।

‘केही दिनमा दशैं आउँदैछ। दशैंमा आफूभन्दा ठूला मानिसबाट आशिर्वाद लिने चलन छ। तर यसपालि हामीले काठमाडौंबाट गाउँ गएर आशिर्वाद लिँदा हाम्रा बुवाआमा, हजुरबुवा हजुरआमा, काकाकाकीलाई जोखिममा पार्न सक्छौं,’ मन्त्री ज्ञवालीले भने,‘हामी स्वस्थ रहे चाडवाड अर्को वर्ष पनि मनाउन पाउँछौं। त्यो भएर यो कुरालाई ख्याल गरिदिनुहोला भन्ने आग्रह छ।’

तपाईको प्रतिक्रिया