तनहुँ । भिमाद नगरपालिकाले आव्हान गरेको निकासी शुल्क दस्तुर सम्बन्धी बोलपत्र पेश गर्न गएका सोही नगरपालिका(६ का वडाध्यक्ष श्यामसुन्दर जोशी लखेटिएका छन्। तर उनका छोरा विधान जोशी र अन्य भने कुटिएका छन्।

नगरपालिकाले गत भदौ १६ गते प्रकाशित सूचनामा नगरपालिकाको क्षेत्रभित्र नदी जन्य सामाग्री गिटि, माटो, बालुवा दहत्तररबहत्तर र काठ दाउरा तथा कवाडी सामाग्री निकासी शुल्क दस्तुर संकलनका लागि बोलपत्र आव्हान गरेको थियो।

बोलपत्र पेश गर्न असोज १५ गते दिउँसो १२ बजेसम्मको अन्तिम समय तोकिएकोमा वडाध्यक्ष जोशीले असोज १४ गते आफ्ना छोरामार्फत बोलपत्र खरिद गरेका थिए। सो बोलपत्र पेश गर्न आफैले चलाएको स्कुटरमा छोरालाई राखि असोज १५ गते गते बिहान करिब ११ बजे नगरपालिकाको गेटमा पुगेका उनलाई बोलपत्र पेश गर्न आएका अन्य युवाहरुको समूहले लखेटेका थिए। त्यसपछि उनको छोरा विधा फर्म बोकेर गेटमा जाँदा गाली गर्दै उक्त समूहले कुटपिट गरेका थिए।

आफै जनप्रतिनिधि भएर टेण्डरको फर्म बुझाउन गइ युवाहरुसँग निहु खोज्नुले जनप्रतिनिधको गरिमा खस्किएको एक स्थानीयले बताए।

त्यसोत जोशीको नाम पटकपटक अवैध उत्खननमा पनि जोडिदै आएको छ। उनको आधा सेयर रहेको तनहुको शुक्लागण्डकी नगरपालिकामा रहेको सेतीदोभान क्रसरले गतवर्ष दोभान भन्ने स्थानमा पक्की सडकलाई नै जोखिम गरी उत्खनन् गरेको थियो। त्यसपछि शुक्लागण्डकीको अनुगमन समितिको सिफारिस बमोजिम नगरपालिकाले लाखौं रुपैयाँ जरिवाा तोके पनि क्रसरले हालसम्म रकम बुझाएको छैन्।

वडाध्यक्ष जोशीले आफ्ना निकटस्थहरुसँग नेपाली कांग्रेसको तर्फबाट आगामी चुनावमा भिमाद नगरपालिकाको मेयर आफु हुने दाबी गर्दै आएका छन्। वडाध्यक्षमा निर्वाचित हुन अगावै लामो समयदेखि जोशीले प्रहरी प्रशासन र टोले गुण्डाहरुको आडमा भिमादमा दादगिरी गर्दै आए पनि यसपटक भने उनलाई धक्का लागेको छ। खबर डबली वाट

तपाईको प्रतिक्रिया