
गैँडाकोट । लायन्स क्लव अफ मौलाकालिका लिलिको आयोजनामा प्रथम जोन एडभाईजरी बैठक आज नवलपुरको गैँडाकोटमा सम्पन्न भएको छ । लायन्स क्लव डिस्टीक डिपोटी कोर्डीनेटर कृष्ण पाण्डेको प्रमुख आतिथ्यता एव्मं २०२० २१ को जोन चियर पर्सन लिलिका चार्टड प्रेसीडेन्ट भोजकुमारी रिमालको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि रिजन चेयर पर्सन नवराज कंडेल रहनु भएको थियो ।
बैठकमा लायन्स क्लव अफ मौलाकालिकाका प्रेसीडेन्ट गणेश केसी, लायन्स क्लव अफ मौलाकालिका लिलिका प्रेसीडेन्ट लक्ष्मी पोखरेल, मौलाकालिका लोटसका प्रेसीडेन्ट शान्ति पौडेलले आफ् आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।बैठकमा सहभागीहरुलाई लायन्स क्लव अफ मौलाकालिका लिलिका प्रथम उपाध्यक्ष भूमा पुुन मगरले स्वागत गर्नु भएको थियो, भने कार्यक्रमको संचालन क्लवका सचिव राधा थापाले गर्नुभएको थियो । ५ वर्ष अघि स्थापना भएको क्लवमा २० जना महिला सदस्यहरु छन ।