×

 इश्वरा भट्टराई
स्वदेशमा रोजगारीको कुनै अवसर नदेखेर विदेशिएका नेपाली कामदार यतिखेर विखलबन्दमा परेका छन् । कृषि प्रधान देश नेपालको कामदारहरु खेतबारी बाँझो राखेर विदेशिएका छन् । तराइ, पहाड र हिमालका मानिसहरुको विदेश जानकालागि दैनिक लहर नै चल्ने गरेको छ । वैदेशिक रोजगारी अवसर, रहर वा बाध्यता बुझि नसक्नु छ । स्वदेशमा रोजगारी सिर्जनाको प्रशस्त अवसर नभएको होइन । ठूलो संख्याका भारतीय कामदारले नेपालमै काम पाएका छन् । नेपालमा दैनिक श्रमको मूल्य न्यूनतम सात सय भन्दा कम छैन । दक्ष कामदारले त एक हजार पाँच सय सम्म पाउने गरेका छन् । नेपालका सबै क्षेत्रमा भारतीय कामदार पुगेका छन् । मनग्गे कमाएका पनि छन् । विदेशका विभिन्न राष्ट्रमा ६० लाखभन्दा बढी नेपाली कामदार छन् । भारतमा नेपाली कामदारको संख्या पनि झण्डै १५ लाख भन्दा माथि रहेको अनुमान छ ।

विश्वव्यापी रुपमा फैलिंदै गएको कोरोना भाइरस (कोभिड–१९)का कारण नेपाली कामदारलाई कतिपय मुलुकमा प्रतिबन्ध लागेको छ । यस्तो गम्भीर परिस्थिति खडा गरेको छ । वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरु फर्कन प¥यो भने ठूलो बेरोजगारी समस्या उत्पन्न हुन जानेछ । भात भान्छा चलाउन मुस्किल हुनेछ । गाउँघर नै खाली हुनेगरी विदेशिएका नेपालीहरुले आफ्नो घर गाउँमा रोजगारी सिर्जना गर्न सके, स्वरोजगार बने भने समस्या समाधान हुन सक्दछ । स्वदेशी उत्पादन बढ्न सक्दछ । विदेशिएका नेपालीहरु स्वदेशमा फर्किएर काम गर्लान जस्तो लाग्दैन । कोरोना भाइरस (कोभिड–१९) अचानक चीनको हुवेई प्रान्तबाट उत्पन्न भई हाल नोभेल कोरोना भाइरसबाट विश्वका १५७ राष्ट्र प्रभावित भइसकेका छन् ।

कोभिड–१९बाट हालसम्म विश्वभर झण्डै ९ लाख २८ हजार ३३३ जना र नेपालमा मात्र ३४५ जनाको मृत्यु भइसकेको छ । विश्वमा यसको संक्रमण संख्या दुई करोड ९१ लाख माथि पुगिसकेको छ भने नेपालमा ५४ हजार एक सय भन्दा माथि संक्रमित पुगेका ५न् । चीनमा कोरोना भाइरस नियन्त्रमा आइसकेको भएपनि विश्वका अन्य देशमा तीव्र रुपमा फैलिंदै छ । इटालीमा चीनपछि धेरै मानिसको मृत्यु र संक्रमित छन् । एक देशका मानिस अर्को देशमा जाने क्रम रोकिएको छ । कोरोना भाइरसको प्रकोपका कारण क्याम्पस, स्कूल, कारखाना बन्द हुँदै आएका छन् । विश्वव्यापी बेरोजगारी र आर्थिक मन्दीको स्थिति खडा भएको छ । विश्वमा आएको यस्तो आपत–विपतबाट विश्व नै आतंकित र विश्वका मानिस ससंकित छन् । कोरोना भाइरस छिटो नियन्त्रणमा आउने संभावना छैन ।

कोरोना भाइरस कै कारण कालोबजारी र कृत्रिम अभाव खडा भएको छ । नेपाल–भारतबीच खुल्ला सीमानाा छ । भारतमा पनि ५० लाख जति संक्रमित छन् भने ज्यान गुमाउनेको संख्या पनि ८० हजार नाघिसेको छ । कोरोना भाइरसका कारण विश्वभर विविध प्रकारका समस्या उत्पन्न भएका छन् । अनायास आएको समस्याबाट विश्वका मानिस निकै प्रभावित हुँदै गएका छन् । एकातिर रोगको प्रकोप, अर्कोतिर रोजगारीको समस्या अधिकांश मानिस पिरोलिएका छन् । कठीन जीवन बिताउन बाध्य हुनु परेको छ । जस्तोसुकै समस्या आइलागेको पनि समाधान गर्नु नै पर्दछ । देखा परेको चुनौतीको सामना गर्ने अठोट सबैले लिनु पर्दछ ।

 

राजनीतिक भेला, भीडभाड पनि बन्द भएको छ । शासन सत्तामा रहेका शासकहरुले फासिवाद लाद्न सक्ने संभावना छ । सार्वजनिक भेला भएर सरकारको गलत नीति र व्यवहारको विरोध गर्न कोरोना भाइरसका कारण रोक लगाइएको छ । विश्वभर नै कोरोनामय भएको र भयावह स्थिति देखा परेकोले सर्वसाधारण बहुसंख्यक जनताको भविष्य नै अनिश्चित बन्न जाने देखिन्छ । रोग र भोकको समस्या एकै साथ जुृध्न नेपालले सक्ने अवस्था नभएपछि कोरोनाको त्रासले नेपाल फर्किएका कामदारहरू भारत र तेश्रो मुलुक फर्किन थालेका पनि छन् ।

 

इरान लगायतका देशमा दैनिक हजारौंको मृत्यु, आवत–जावतमा रोक, जापानमा आपतकाल घोषणा, अमेरिकाको राजधानी वासिङट डिसीमा विद्यालय बन्द, इटालीमा देशभर क्वारेन्टाइन जस्ता समाचारले मानिसहरुलाई भयभीत पार्दै लगिरहेको छ । नानाथरिका भ्रम पनि फैलिएको छ । कोभिड–१९ को संभावित जोखिमबाट बचाउन विश्वका सरकारहरुले हर संभाव प्रयास भइरहेको छ । कोरोना नियन्त्रणकालागि नानाथरिका अभ्यास भइरहेको छ । भाइरस प्रभावित विश्वका देशहरुलाई आवश्यक सहयोग गर्न चीनले सहयोगको प्रतिवद्धता जनाएको छ । कोरोना भाइरसले विश्व अर्थव्यवस्थामै उथल पुथल ल्याउने संभावना छ । युरोपका विकसित राष्ट्रहरुमा कोरोना भाइरस अनियन्त्रित बन्दै गएबाट युरोपका बासिन्दा आतंकित बनेका छन् ।

कोरोना भाइरसबाट बच्न, बचाउन एक आपसमा सहयोगको खाँचो छ । सबै महत्वपूर्ण काम छाडेर विश्व नै कोरोना भाइरसप्रति केन्द्रित रहेको छ । विदेशिएका नेपाली कामदारहरु यतिखेर ठूलो संकटमा परेका छन् । संक्रमित र प्रभावित मुलुकमा रहेका नेपालीहरु स्वदेशमा फर्कने कि उतै बस्ने भन्ने द्विविधामा परेका छन् । चीनको वुहान सहरबाट जनवरी पहिलो हप्तामै शुरु भएको कोरोना भाइरस विश्वव्यापी समस्या बनेको छ । कोरोना भाइरसको विश्वव्यापी अवसरका कारण ५० प्रतिशत रेमिट्यान्स भित्रिने मुलुकमा नेपाली कामदारलाई प्रतिबन्ध लगाएपछि ठूलो समस्या आएको छ । कोरोना भाइरसकै कारण कता, कुवेत, बहराइन, साउदी अरेबिया, दक्षिण कोरिया र जापानमा कामदार पठाउन  प्रतिबन्ध लागेको छ ।

कतारले नेपाली कादरालाई प्रवेशमा पूर्ण रुपमा रोक लगाएको छ । कुवेतले नेपाली कामदारलाई नयाँ भीसा दिन बन्द गरेको छ । हवाइ मार्ग बन्द भएका छन् । विकसित मुलुकहरुमा कोरोना फैलिइरहेकोले आश्चर्यलाग्दो भएको छ । कोरोनाको रोकथाम एउटा विश्वव्यापी समस्या बनेको छ । विदेशमा पुगेका कामदारहरु यतिखेर अलपत्रको अवस्थामा छन् । अचानक आइलागेको समस्याबाट यतिखेर नेपाली कामदार अति प्रभावित भएका छन् । चीन आवत जावत बन्द छ । दक्षिण एशियामा कोरोना भाइरस फैलिएर अकल्पनीय पीडा सहनु पर्ने अवस्था सिर्जना भएको छ । गत आर्थिक वर्षको शुरुको चार महिनामा विदेशबाट ३ खर्ब ५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो तर अब बन्द हुने भो । यो आर्थिक जोखिम नेपालकालागि दुर्भाग्य बनेको छ । कोरोनाले भोलीका दिनमा कस्तो रुप लेला अनुमान भन्दा बाहिर छ । कोरोनाको संक्रमण प्राकृतिक हो कि जैविक हो ? कोरोनाबाट उत्पन्न संकटलाई टार्ने कसरी ? मनोवैज्ञानिक संत्रास झन खतरा बन्दै छ ।

तपाईको प्रतिक्रिया