×

नवलपुर । ईलाका प्रहरी कार्यालय बुटवलका ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । अघिल्लो साता १३ जना थुनुवामा संक्रमण पुष्टि भएपछि उनीको कन्ट्याक्ट ट्रसिङका आधारमा पीसीआर परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो ।

यसअघि १० ईलाका प्रहरीबाट मुख्यमन्त्रीको स्कर्टीङमा हिंड्ने ४ प्रहरीमा पनि संक्रमण पुष्टि भएको थियो । गएराति अबेर आएको रिपोर्ट अनुसार ११ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक हेमकुमार थापाले बताउनु भयो ।

स्वाब संकलन गरेर पठाइएकामध्ये १९ जनाको रिपोर्ट आएको र त्यसमध्ये ११ जनाको रिपोर्ट पोजिटिभ देखिएको र अन्य ५ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
यता आज (मंगलबार) बिहान मात्रै देबचुलीका थप ८ जनामा जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । बिनयी त्रिबेणीका थप २ जना गरी योसँगै आज मात्रै नवलपुरका १० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईका अनुसार पोखराको प्रयोगशालामा परिक्षण भएको रिपोर्टमा जिल्लाका १० जनामा थप संक्रमण देखिएको हो ।

देबचुलीमा थपिएका ८ जना मध्ये देबचुली १३ दलदलेका १४ वर्षिय वालिका, ५० वर्षिय महिला २९ वर्षिय पुरुष, देवचुली १ का २४ वर्षिय महिला, ५३ वर्षिय पुरुष, देवचुली १६ का ६ वर्षिय वालिका, २७ र ५५ वर्षिय महिलामा संक्रमण पुष्टि भएको देवचुली नगरपालिकाले जनाएको छ ।
जिल्लामा आज थपिएकामध्ये ३ जना १५ बर्षमुनिका बालिका छन् । देबचुली १३ की १४ बर्षकी, देबचुली १६ की ६ बर्षकी र बिनयी त्रिबेणी १ की ११ बर्षकी बालिकामा संक्रमण पुष्टि भएको छ । सबै पोजेटिभ पुष्टि भएकाहरु कन्ट्याक ट्रेसिङका भएको जनाईएको छ । यो सँगै नवलपुरमा सक्रिय संक्रमितको संख्या १ सय ३५ पुगेको छ ।

तपाईको प्रतिक्रिया