जुम्लाका प्रमुख जिल्ला अधिकारीमा कोरोना संक्रमण
जुम्ला । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा कोरोना सङ्क्रमित हुनुभएको छ।प्रमुख जिल्ला अधिकारी थापाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वाब परीक्षण हुँदा नतिजा पोजिटिभ आएको उहाँले बताउनुभयो ।कोरोना रोकथामका लागि अग्रमोर्चामा खटिनुभएका थापा आफैँ सङ्क्रमित भएपछि आइसोलेसनमा बसेको जानकारी गर्नुभएको हो ।
प्रजिअ थापाले सामाजिक सञ्जालमा जनताको सुरक्षा गर्ने सिलसिलामा काँधमा जिम्मेवारी र हृदयमा ईमान्दारिता बोकेर कर्तव्य पालनाको सिलसिलामा कोरोना...


