×

समाचार

थप १७ प्रहरी कोरोना सङ्क्रमित

थप १७ प्रहरी कोरोना सङ्क्रमित
सप्तरी । जिल्ला प्रहरी कार्यालयका प्रमुख सहित १७ जना प्रहरीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कार्यालय प्रमुख ४४ वर्षीय प्रहरी उपरीक्षक, ४५ वर्षीय प्रहरी नायव उपरीक्षक सहित १७ प्रहरीलाई कोरोना सङ्क्रणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा उहाँहरुकोे पिसिआर परीक्षण गरिएको बताइएको छ । अहिले उहाँहरु होम आइसोलेशनमा बस्नुभएको जनाइएको छ । सप्तरीमा हालसम्म ५७ जना प्रहरी...

शुल्क नतिरेको भन्दै प्रिन्सिपलले कुट्दा अभिभावकको खुट्टा भाँचियो

शुल्क नतिरेको भन्दै प्रिन्सिपलले कुट्दा अभिभावकको खुट्टा भाँचियो
नवलपुर । नवलपुरका निजी विद्यालयका प्रिन्सिपलले बक्यौता शुल्क नतिरेको निहुँमा एक अभिभावकमाथि कुटपिट गरेका छन्  । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६, रानीनगरस्थित उज्ज्वल शिशु बोर्डिङका प्रिन्सिपल दीपक कुँवरले नवलपरासी पश्चिम सुस्ता गाउँपालिका–३ पत्थरकलाका कृष्णप्रसाद आचार्यमाथि कुटपिट गरेका हुन् । प्रिन्सिपल कुँवरले कुटपिट गर्नेक्रममा लडेर उच्च रक्तचाप र मधुमेहका विरामी आचार्यको खुट्टाको फ्युमर (साप्रा) फ्याक्चर भएको छ । आठ वर्ष पुरानो बक्यौता भुक्तानी नगरेको भन्दै कुँवरले क...

यसकारण गरिंदैछ, मन्त्री अर्याल माथि प्रहार

यसकारण गरिंदैछ, मन्त्री अर्याल माथि प्रहार
काठमाण्डौं । दुईतिहाई नजिकको जनमतसहित पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेकपाको सरकारमा दृढतमपूर्वक जनपक्षीय काम सम्पादन गरिरहेकी भूमी ब्यवस्था, सहकारी तथा गरीवी निवारणमन्त्री पद्माकुमारी अर्याल माथि पार्टी भित्रै र वाहिरबाट वेलावखत प्रहार हुँदै आएको छ । नेकपाभित्र महिला नेतृका रुपमा पहिचान स्थापित गराउदै बर्तमान मन्त्रीमण्डलमा सक्षम मन्त्रीका रुपमा जनमानसमा छाप छोड्न सफल भूमी ब्यवस्था मन्त्रीमाथि प्रहारको श्रृंखलाको पछिल्लो उदाहरण वनेको छ –कित्ताकाट खुला गरेपछिको प्रहा...

कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण

कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण
काठमाडौं । पूूर्वि नवलपरासी क्षेत्र नम्बर १ का सांसद समेत रहनुुभएका नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार नै स्वाब दिएका कोइरालाको रिपोर्ट पोजेटिभ आएको उहाँको सचिवालयले जनाएको छ ।कोरोना संक्रमण भए पनि कोइरालामा कुनै लक्षण देखिएको छैन । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव भरत तिवारीले जानकारी दिनुुभयो ।

देश विकास र जनताको सेवामा समर्पित हुन कर्मचारीलाई प्रमको आग्रह

देश विकास र जनताको सेवामा समर्पित हुन कर्मचारीलाई प्रमको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीलाई देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गर्नुभएको छ । निजामती सेवा दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले राष्ट्रसेवकलाई स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ लागि आफ्नो दक्षता अभिवृद्धि गर्दै देशको विकास एवं जनताका सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गर्नुभयो । विसं २०१३ मा तत्कालीन टङ्कप्रसाद आचार्यको सरकारले नेपालमा पहिलो पल्ट आजकै दिन निजामती सेवा ऐन ल्याएको थियो । उहा...

कानुन बमोजिम ठेकदारहरुलाई कारवाही हुन्छ : मन्त्री भुसाल

कानुन बमोजिम ठेकदारहरुलाई कारवाही हुन्छ : मन्त्री भुसाल
काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले समयमा मल आपूर्ति नगर्ने ठेकदारहरुको ठेक्का रद्द गरेर धरौटी जफत गर्ने प्रक्रिया अघि बढेको पत्रकार सम्मलेनमार्फत जानकारी दिनुभएको छ । साथै उहाँले कानुनबमोजिम ठेकदारहरुलाई थप कारवाही गरिने बताउनु भयो । मन्त्री भुसालले आफ्नो मन्त्रालयमा सुशासनको अभियान थालनी भएको समेत दाबी गर्नुुभएको छ । सिंहदरबारमा आइतबार आयोजित पत्रकार सम्मलेनमा मन्त्री भुसालले भन्नुभयो , ‘मल आपूर्तिको ठेक्का लिएका कम्पनीहरुले गरेको लापरवाहीलाई कार्...

१८१४ जना डिस्चार्ज , ९८० जनामा कोरोना संक्रमण पुष्टि,

१८१४ जना डिस्चार्ज , ९८० जनामा कोरोना संक्रमण पुष्टि,
२१ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३८२ नमुना परीक्षण गर्दा २९० महिला र ६९० पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । उनीहरुमध्ये २८९ जनाको मृत्यु भएको छ भने २८ हजार ९४१ जना कोरोना मुक्त भएका छन् ।पछिल्लो २४ घण्टामा १८१४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कहाँ कति थपिए संक्रमित ? मन्त्रालयका अनुसा...

देशभर थप १०४१ जनामा कोरोना संक्रमण पुष्टि

देशभर थप १०४१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भयो । संक्रमित हुनेमा ३४९ महिला र ६९२ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।

पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने पक्राउ

पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने पक्राउ
काठमाडौ । बिहीबार पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्ने स्थानीय युवक र प्रहरीसँगको झडपमा प्रहरीलाई ढुंगा हान्ने थप एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रेस लेखेको ज्याकेट लगाएका र हातमा क्यामेरा बोकेर प्रहरीतर्फ ढुंगा हान्ने युवकलाई शुक्रबार अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । उनी महालक्ष्मी नगरपालिका– १३ इमाडोलका २१ वर्षका अनिश महर्जन हुन । उनी कुनै सञ्चार माध्यममा संलग्न नरहेको र प्रेस कार्ड पनि नभएको पाइएको अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।