×

समाचार

११७० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५५ हजार नाघ्यो

११७० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५५ हजार नाघ्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा ११७० जनाका कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । उनीहरुमध्ये २६० जनाको मृत्यु भएको छ भने ३९ हजार ५७६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ८७९ जना डिस्चार्ज भएका छन् । हाल देशभर १५ हजार ३९३ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध

पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध
भरतपुर । पहिरोका कारण नारायणगढ मुग्लिङ सडकखण्ड अवरुद्ध बनेको छ। ईच्छाकामना गाँउपालिका वडा नम्बर ६ स्थित चोर खोला नजिक पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो ठूलो भएकाले सडक सूचारु गराउन समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक दयाकृष्ण भट्टले जानकारी दिनुभयो । सडक अवरुद्ध भएपछि चितवन हुदै जाने सवारी साधन र चितवन तर्फ आउने सवारी साधनहरु विचबाटोमै रोकिएका छन ।

असोज १ गते बिरामी दिवस, घरघरमा दीपावली गर्न आह्वान

असोज १ गते बिरामी दिवस, घरघरमा दीपावली गर्न आह्वान
काठमाडौं । अन्तर्राष्ट्रिय बिरामी दिवस आउँदो असोज १ गते नेपालमा पनि विशेष कार्यक्रम गरी मनाइँदैछ । सन् २०१९ सेप्टेम्बर १७ देखि संयुक्त राष्ट्र संघले घोषणा गरेको बिरामी दिवस केन्द्र, प्रदेश र स्थानीयस्तरमा स्वास्थ्यकर्मीको सुरक्षा र सम्मानका लागि आह्वान गर्दै मनाइने स्वास्थ्य सेवा विभागको उपचारात्मक स्वास्थ्य महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले जानकारी दिनुभयो  ।बिरामी दिवसलाई यस वर्ष स्वास्थ्यकर्मीको सुरक्षामा केन्द्रित गरिएको छ । यस वर्षको नारा ‘सुरक्षित स्वास्थ्यकर्मी स...

अब दुई हजारमै पीसीआर टेष्ट

अब दुई हजारमै पीसीआर टेष्ट
काठमाडौं । सरकारले कोरोना संक्रमण परीक्षणको शुल्क घटाएको छ । अब सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर टेष्ट हुनेछ । रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।  सुरुमा पीसीआर टेष्टको शुल्क ५५०० तोकिएको थियो । पछिल्लो समय त्यसलाई घटाएर ४ हजार रुपैयाँ बनाइएको थियो ।

सिन्धुपाल्चोक नागपुजेमा खसेको पहिरोले आठ र भीरखर्कमा १० घर पुरियो

सिन्धुपाल्चोक नागपुजेमा खसेको पहिरोले आठ र भीरखर्कमा १० घर पुरियो
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोले कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको खबर छ । स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् । भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानीयवासीको भनाइ छ । त्यस्तै जुगल गाउँपालिका–५ चनौटेमा पहिरो जाँदा केही घरहरु पुरिएको छ । त्यहाँ मानवीय क्षति नभएको बताइएको छ । घटना थाहा हुनेबित्तिकै प्रहरी...

काठमान्डौको सडकमा विमान गुडेपछि ‍‍‍‍‌‌…..

काठमान्डौको सडकमा विमान गुडेपछि ‍‍‍‍‌‌…..
काठमाडौं । शनिबार साँझको समयम हो सडकहरु सुनसान हुँदै थिए । कोरोना भाइरस कारण मानिसहरुको भिडभाड कम नै छ । यही बेला सडकमा अनौठो दृश्य देखा प¥यो ।जब सडकमा विमान गुडेको दृश्य देखे तब स्थानीय चकित परे ।त्यो विमान आपतकालिन अवतरण गरेको पनि होइन । त्यो त त्रिभुवन विमानस्थलमा थन्किएको नेपाली सेनाको एभ्रो विमानलाई नारायणहिटीमा राख्न लगिएको रहेछ । रातको समयमा चहलपहल कम भएपछि नारायणीहिटी दरबारसम्म लैजान सो विमान सडकमा गुडाइएको हो ।त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख देवेन्द्र केसीले ...

पछिल्लो २४ घण्टामा थप १२ सय १ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १२ सय १ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौ । पछिल्लो नेपालमा २४ घण्टामा थप १२ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा १० हजार १७६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताउनुभयो । गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या १५ हजार २६० रहेको छ । यससँगै कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ ...

२४ घण्टामा १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२४ घण्टामा १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो नेपालमा एकै दिन संक्रमित हुनेमध्येको अहिलेसम्मकै उच्च संख्या हो । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताउनु भयाे । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त भई ९७२ जना डिस्चार्ज भएका छन् ।

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक झरेको पहिरोले सडक दुईतर्फी अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक खुलाउन प्रयास भैरहेको जिल्ला प्रहरी प्रबक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।सडक बन्द भएपछि राजधानी काठमाडौं, पोखरा लगायतका स्थानमा जाने तथा नारायणगढतर्फ आउने सवारी साधन बीच बाटोमै रोकिएका छन् ।