×

समाचार

कोराेनाले पारेको प्रभावबारे अध्ययन गर्न अर्यालको संयोजकत्वमा उच्चस्तरीय समिति गठन

कोराेनाले पारेको प्रभावबारे अध्ययन गर्न  अर्यालको संयोजकत्वमा उच्चस्तरीय समिति गठन
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कोभिड १९ ले सञ्चार क्षेत्रमा पारेको समग्र प्रभावबारे अध्ययन गरी प्रतिवेदन बुझाउन न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालको संयोजकत्वमा नौ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । गत साउन २६ को सञ्चार मन्त्रीस्तरीय निर्णयानुसार गठित सो समितिमा त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख चिरञ्जीवी खनाल, सूचना तथा प्रसारण विभागका महानिर्देशक किरणराज शर्मा, नेपाल पत्रकार महासङ्घका ...

६० सहसचिवको सरुवा

६० सहसचिवको सरुवा
काठमाडौँ । ६० जना सहसचिवको सरुवा गरिएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबारको निर्णयअनुसार बुधबार विभिन्न मन्त्रालय, विभाग, आयोग, निकाय तथा कार्यालयमा रहेका ६० जना सहसचिवको सरुवा गरेको हो । हेर्नुहोस को कहाँ MOFAGA_Notice_20200826035623  

आन्तरिक उडान भदौ १६ देखि

आन्तरिक उडान भदौ १६ देखि
-सिबी अधिकारी  काठमाडौं । सरकारले भदौ १६ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्ने भएको छ । नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सञ्चालनको तयारी गरेको हो । तथापि, पहिलो चरणको आन्तरिक उडान राजधानी काठमाडौँबाट हिमाली तथा पहाडी भेगमा मात्र हुनेछ । बन्दाबन्दीको पाँच महिनापछि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको सरकारले आन्तरिक उडान पनि सोही मितिदेखि शुरु गर्ने भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ...

शेर्पा सङ्घ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट निधन

शेर्पा सङ्घ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट निधन
लण्डन,भदौं ९- शेर्पा सङ्घ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट निधन भएको छ । भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे निधन भएको पाल्पा समाज युकेका अध्यक्ष वाचस्पति रेग्मीले जानकारी दिनुभयो । गत असार २९ गते कोरोना सङ्क्रमण देखिएपछि उहाँलाई केन्टको विलियम हार्भी अस्पतालमा भर्ना गरिएको थियो तर दुई हप्तासम्म पनि कुनै सुधार नभएपछि लण्डनको सेन्ट थोमस अस्पतालमा सारिएको थियो । एक साताअघि कोरोना परीक्षण गर्दा सङ...

बाढीले झोलुङ्गे पुल बगाएपछि आवत जावतमा समस्या

बाढीले झोलुङ्गे पुल बगाएपछि आवत जावतमा समस्या
 म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा बाढीले झोलुङ्गे पुल बगाएपछि आवतजावतमा समस्या भएको छ । रघुगङ्गा नदीमा आएको बाढीले कुइनेमङ्गलेको विभिन्न चार ठाउँमा झोलुङ्गे पुल बगाएको छ ।बाढीले कटान गरेर पुल भत्काउने र बगाएकाले एक गाउँदेखि अर्को गाउँमा आवतजावतमा समस्या भएको दुवाडीका याम घर्तिमिरेले जानकारी दिए । ‘खाद्यान्न ढुवानी, बिरामी स्वास्थ्य संस्थामा जान र काम विशेषले छिमेकी गाउँमा जान पाइएको छैन,’ उनले भने, ‘खोलामा जङ्घार तरेर अथवा घुमाउरो बाटो हिँड्नुपर्ने भए...

पर्यटन मन्त्रालय नियमित उडानको तालिका बनाउँदै

पर्यटन मन्त्रालय नियमित उडानको तालिका बनाउँदै
सिबी अधिकारी काठमाडौँ, भदौ ७- नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तयारी थालेका छन् । सरकारले भदौ १६ देखि निश्चित शर्तसहित नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको थियो । कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि सरकारले पिसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको हो । दैनिक ५०० यात्रु नकट्ने गरी उडान सञ्चालन गर्न दिने निर्णय भएको...

लकडाउन हटेकाे एक महिना : संक्रमण र मृत्युदर अतिउच्च

लकडाउन हटेकाे एक महिना : संक्रमण र मृत्युदर अतिउच्च
काठमाडौँ, भदौ ७ विश्व्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को सङ्क्रमण बन्दाबन्दी सकिएपछिको एक महिनामा निकै उच्च गतिमा वृद्धि भएको छ । मृत्युदर र सङ्क्रमण दर जुन गतिमा बढिरहेको छ, त्यसको तुलनामा निको हुने दर भने निकै न्यून छ । एक महिनाअघि निको हुने दर कुल सङ्क्रमितको ६९ दशमलव ३४ प्रतिशत थियो । एक महिनापछि निको हुने दर ५९ प्रतिशतमा झरेको छ । सरकारका प्रवक्ता डा युवराज खतिवडाले गत साउन ५ को मन्त्रिपरिषद्को निर्णयअनुसार साउन ६ गते रातिदेखि बन्दाबन्दी हटेको घोषणा ग...

पञ्चमी नुहाउन गएकी २४ वर्षीय महिलाको खोलाले बगाएर मृत्यु

पञ्चमी नुहाउन गएकी २४ वर्षीय महिलाको खोलाले बगाएर मृत्यु
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ मा कस्युङ खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । आज बिहान   २४ वर्षीया दीपा गौतमलाई हरितालिका तीजको पञ्चमी नुहाउन सो खोलामा जाँदा बगाएको र चार घण्टापछि मृतावस्थामा फेला पारिएको वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले जानकारी दिइ । कालीमाटी र नागीका बीचबाट बगेर मर्दीमा कस्युङ खोला मिसिएको छ । खोलाले बगाएपछि स्थानीयवासीले खोजतलासका क्रममा गौतमको शव घटनास्थलबाट अन्दाजी एक ७०० मिटर तल  नदी किनारमा फेला पारेका थिए । घटनालगत्तै प्रहरीच...

एक सहसचिव जो पाँच पटकसम्म वरिष्ठताको वरीयताक्रममा सिफारिस भए पनि बढुवा भएनन्

एक सहसचिव जो पाँच पटकसम्म वरिष्ठताको वरीयताक्रममा सिफारिस भए पनि बढुवा भएनन्
काठमाडौं भदौ ७, २०७७ २०७७ साउन १९ गते अपराह्न बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगमा कार्यरत सहसचिव वीरबहादुर राईलाई सचिव (विशिष्ट श्रेणी) मा बढुवा गर्‍यो । त्यसको केहीदिन अघि लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले तीनजना वरिष्ठ सहसचिव चन्द्रमान श्रेष्ठ, गोकर्णमणि दुवाडी र राईको नाम सचिवमा सिफारिस गरेको थियो । यिनै नाममध्ये तेस्रो सूचीका राई सचिव बन्न सफल भए । उक्त बढुवामा विभेदको यति ठूलो पर्खाल...