×

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप एक साताका लागि निषेधाज्ञा लम्बिएको छ । आज वुधबार उपत्यकाका ३ वटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका सिडिओहरुको संयुक्त बैठकले थप ७ दिनका लागि निषेधाज्ञा बढाउने निर्णय गरेको हो ।

भदौ ३ गतेदेखि जारी गरिएको निषेधाज्ञाका आजै रातीदेखि अवधि सकिँदै गर्दा थप एक साताका लागि समय बढाइएको हो । पछिल्लो समय उपत्यकामा कोरोनाभाइरस संक्रमणको संख्या बढीरहेको अवस्थामा यसको नियन्त्रणका लागि थप ७ दिन निषेधाज्ञा थपिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया