×

समाचार

थप ४४९९ जनामा कोरोना संक्रमण

थप ४४९९ जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । उनीहरुमध्ये ८२९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म १ लाख ५ हजार ४८८ जना संक्रमणमुक्त भएका छन् भने ४६ हजार ६९१ संक्रिय संक्रमित छन् । संक्रिय संक्रमितमध्ये ३१ हजार ७२७ जना होम ...

बागमती प्रदेशका मुख्यमन्त्री पौडेललाई थप उपचारका लागि काठमाडौँ ल्याइयो

बागमती प्रदेशका मुख्यमन्त्री पौडेललाई थप उपचारका लागि काठमाडौँ ल्याइयो
७ कात्तिक, काठमाडाैँ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई थप उपचारको लागि काठमाडौँ ल्याइएको छ। कोरोना संक्रमण भएपछि उनलाई सेनाको हेलिकप्टरमार्फत् शुक्रबार काठमाडौँ ल्याइएको हाे । बाँसबारीस्थित गंगालाल हृदय रोग केन्द्रमा उनको उपचार हुने बताइएको छ। उनलाई बिहीबार कोरोना संक्रमण देेखिएको थियो। पौडेलसँगै उनकी पत्नी विजया पौडेल, एक जना सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीमा पनि कोरोना संक्रमण भएको थियो।

बडा दशैको सातौ दिन आज फूलपाती

बडा दशैको सातौ दिन आज फूलपाती
७ कात्तिक, काठमाडौं । आज बडा दशैंको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ । ‘नवपत्रिका’ पनि भनिने फूलपाती नौंवटी देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैद...

बेवारिसेलाई खाना खुवाउने अभियान सुरु 

बेवारिसेलाई खाना खुवाउने अभियान सुरु 
चितवन  । बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र चितवन शाखाले नारायणगढस्थित नारायणी नदी किनारमा बेवारिसे सडक मानवहरुलाई दसैँको अवसरमा निःशुल्क खाना खुवाइरहेको छ । केन्द्रले असोज १ गते घटस्थापनाबाट दोस्रो चरणको खाना खुवाउने अभियान सुरु गरेको हो । अभियानलाई पूर्णीमासम्म सञ्चालन गरिने संस्थाकी संयोजक सीता कुँवरले बताइन् । कुँवरका अनुसार हरेक दिन बिहान ११ बजे र बेलुका ६ बजेपछि खाना खानका लागि सडक मानवहरु आउने गर्छन् । सामाजिक दुरी कायम राख्दै लामबद्ध रुपमा बसेकै ठाउँमा उन...

आज दशैंको छैटौं दिन कात्यायनीदेवीको पूजा गरिँदै

आज दशैंको छैटौं दिन कात्यायनीदेवीको पूजा गरिँदै
 काठमाडौं । आज बडा दशैंको छैटौं दिन, हिन्दूधर्मावलम्बीहरूले कात्यायनीदेवीको पूजा गरेर मनाउँदैछन् । कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीकको रुपमा वर्णन गरिएको छ । यज्ञयज्ञादि, दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृत्तिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ । देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयं कात्यायन ऋषिको आश्रममा पैदा भएकी थिइन् । तत्पश्चात उनले कात्यायन ऋषिकी पुत्री हुन स्वीका...

इन्ट्राट क्लवद्धारा दिव्यधाम मन्दिरमा सरसफाई

इन्ट्राट क्लवद्धारा दिव्यधाम मन्दिरमा सरसफाई
गैडाकोट । इन्ट्राक्ट क्लव अफ गैंडाकोटद्वारा आयोजना गरेको सरसफाइ अभियानको दोस्रो दिन गैंडाकोट नगरपालिका वडा नं. १ मा रहेको लक्ष्मी नृसिंह दिव्यधाम मन्दिरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । मन्दिर परिसर र बगैंचा क्षेत्र सरसफाइ कार्यमा इन्ट्राक्ट क्लब,रोट्र्याक क्लब,बाल क्लब र रोटरी क्लबका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी गैंडाकोट नगरपालिका वडा नं १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटाले गैंडाकोट वडा नं १ मा रहेका मठमन्दिरको बगैंचा निर्माण ,सरसफाइ र संरक्ष...

एकैदिन ५७४३ जनामा कोरोना पुष्टि

एकैदिन ५७४३ जनामा कोरोना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये जना ३१०७ काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका २३९१ जना, ललितपुरका ५४३ र भक्तपुरका १७३ जना छन् । यससँगै कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ, जसमध्ये ७९१ जनाको मृत्यु भएको छ भने ९९ हजार ६०५ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २९९६...

देवघाट गाँउपालिकाको आफ्नै भवन बन्दै

देवघाट गाँउपालिकाको आफ्नै भवन बन्दै
गैँडाकोट । तनहुुँको देवघाट गाँउपालिकाले आफ्नै भवन बनाउने भएको छ । देवघाट गाँउपालिकाका कार्यालयले आफ्नै भवन बनाउनको लागी निर्माणको काम अगाडी बढाईरहेको छ । देवघाट गाँउापलिका वडा नं. ५ क्यूदीमा तीनतल्ले पक्की भवन निर्माण भै रहेको गाउँपालिकाका सूचना अधिकारी गोविन्द प्रसाद पौडेलले जानकारी दिनुभयो । देवघाट गाँउपालिका, गण्डकी प्रदेश सरकार र संघीय सरकारको बजेट गाउँपालिकाले आफ्नै भवन निर्माणको प्रकृया अगाडी बढाएको हो । ५ हजार २ सय वर्गफुटमा बन्ने भवनको निर्माणको जिम्मा पाएको रविना ...

२ पेस्तोल सहित तनहुुँमा एकजना पक्राउ

२ पेस्तोल सहित तनहुुँमा एकजना पक्राउ
तनहुँ । तनहुँ प्रहरीले बन्दीपुर ६ ज्यामिरेस्वाँराबाट दुई पेस्तोल सहित एकजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ४० वर्षीय अशोक गुरुङ रहेका छन । गुरुङको घरबाट सुटकेसमा लुकाएर राखिएको पेस्तोलसँगै गोली तथा गैंडाको खागजस्तो देखिने वस्तुसँगै छालाजस्तै देखिने अन्यवस्तुहरु पनि बरामद भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रे र बन्दीपुर प्रहरी चौकीबाट गएको टोलीले सोमबार ती वस्तु बरामद गरेकामा मंगलबार घरधनी अशोकलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज त...