×

समाचार

बाँकेमा उपचाररत २३ कोरोना सङ्क्रमितको अवस्था गम्भीर

बाँकेमा उपचाररत २३ कोरोना सङ्क्रमितको अवस्था गम्भीर
राँझा । बाँकेमा रहेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । भेरी अस्पताल नेपालगञ्जमा १६ जना र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७ गरी २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार, गम्भीर बिरामीमध्ये, एकजनाको भेन्टिलेटरमा र २२ जनाको आइसियुमा राखेर उपचार भईरहेको छ । भेरी अस्पतालको आइसोलेसनमा ५२ जना र शिक्षण अस्पताल कोहलपुरको आइसोलेसनमा ३४ गर...

गृहले माग्यो १०० जना दर्ता अपरेटर, पारिश्रमिक दिनको १२ सय

गृहले माग्यो १०० जना दर्ता अपरेटर, पारिश्रमिक दिनको १२ सय
काठमाडौं । गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी मागेको छ। राष्ट्रिय परिचयपत्रको वितरण दर्ता अपरेटर पद सेवाका लागि करारमा एक सय जना कर्मचारीका लागि गृहले दरखास्त आह्वान गरेको हो। इच्छुकले आजदेखि १५ दिनभित्रमा दरखास्त फारम भर्न सक्नेछन्। लिखित परीक्षा भने मंसिर १३ गते हुनेछ। आवेदन दिन पैसा लाग्दैन। १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको नेपाली नागरिकले दरखास्त दिन सक्ने विभागले निकालेको सूचनामा उल्लेख छ। दरखास्त दिनेको योग्यता प्लस टु प...

कोरोनाका कारण पोखरामा ३६ वर्षिय महिलाको मृत्यु 

कोरोनाका कारण पोखरामा ३६ वर्षिय महिलाको मृत्यु 
गैँडाकोट । कोरोना भाईरस (कोभिड-१९) संक्रमित पोखराकी एक महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं. १३ निवासी ३६वर्षिय महिलाको गएराति मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक सहप्राध्यापक डाक्टर अर्जुन आर्चायद्धारा जारी विज्ञेप्तीमा उनि कार्तिक ५ गते कोभिड १९ संक्रमण भई आईसियूमा उपचाररत रहनुभएको थियो । अस्पतालका अनुसार उहाँमा निमोनियाको समस्या देखिएको थियो ।

पुर्वसभासद मानपुर चौधरीको कोरोना कारण मृत्यु

पुर्वसभासद मानपुर चौधरीको कोरोना कारण मृत्यु
 सप्तरी । संविधान सभा सदस्य मानपुर चौधरीको कोरोना संक्रमण पुष्टि भएर मृत्यु भएको छ ।   सप्तरीको कंचनरुप नगरपालिका ४ जगतपुर निवासी संविधानसभा सदस्य चौधरीको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार मृत्यु भएको हो । दुई साताको अन्तरालमा दुई पटक कोरोना परीक्षण गराउँदा उनमा पहिलो पटक नेगेटिभ र दोस्रो पटक पोजेटिभ रिपोर्ट आएको थियो । ज्वरोबाट पीडित ५५ बर्षीय चौधरीलाई सास लिन कठिनाइ भएपछि असोजको तेस्रो साता उप...

खोटाङमा ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्युु

खोटाङमा ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्युु
खाेटाङ।  खोटाङमा ट्याक्सी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । अरु ६ जना घाइते भएका छन् । दुर्घटनामा बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका दछुमन राई, बिसु राई र उदयपुर चौदण्डीगढी नगरपालिका–६ की बृहस्पती राईको ज्यान गएको प्रहरीले जनाएको छ । हिजो बेलुका को १ ज ३४७० नम्बरको ट्याक्सी पौवासेराको बाघखोर भञ्ज्याङमा दुर्घट्ना हुँदा बृहस्पती राईको नौ महिनाको बच्चासहित उदयपुर चौदण्डीगढी नगरपालिका–६ कै छत्रबहादुर राई, दिपक परियार, चौदण्डीगढी नगरपालिकाका चालक यमकुमार बिक, दिप्सन राई र ...

दशैको मुख्य दिन आज , टिकाको उत्तम साईत १० बजेर १९ मिनेटमा

दशैको मुख्य दिन आज , टिकाको उत्तम साईत १० बजेर १९ मिनेटमा
काठमाण्डाै – दशैँको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान १० बजेर ११ मिनेटमा रहेको जनाएको छ ...

कोरोनाका कारण कावासोतीमा ९ दिनको अन्तरमा आमाछोरीको मृत्यु

कोरोनाका कारण कावासोतीमा  ९ दिनको अन्तरमा आमाछोरीको मृत्यु
नारायण शर्मा नवलपरासी — कावासोतीमा कोरोना संक्रमणबाट ९ दिनको फरकमा आमाछोरीको मृत्यु भएको छ । मृत्युपछि आएको पीसीआर रिपोर्टमा दुवै जनालाई कोरोना संक्रमण देखिएको हो ।कावासोती नगरपालिका–११ का वडाध्यक्ष शारदा अधिकारीका अनुसार पिठौली चोककी ४० वर्षीया महिलाको बुधबार बिहान घरमै मृत्यु भएको थियो । चार दिनपछि आइतबार आएको रिपोर्टमा उनलाई कोरोना पुष्टि भएको हो । असोज २६ गते घरमै निधन भएकी उनकी आमाको पनि पछि रिपोर्ट आउँदा कोरोना देखिएको थियो । आमालाई बिरामी परेको खबर आएपछि ती महिला...

आज महानवमी पर्व, बलिसहित दुर्गा भवानीको पूजा गरिँदै

आज महानवमी पर्व, बलिसहित दुर्गा भवानीको पूजा गरिँदै
काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर, कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिनेहरुले भने आज आ–आफ्नो कुल परम...

घरको छतवाट धकेलेर बुवाको हत्या

घरको छतवाट धकेलेर बुवाको हत्या
दाङ । दाङमा छोराले आफ्नै बुवाको हत्या गरेका छन । जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. २ निवासी २२ वर्षीय छोरा वीरबहादुर विकले आफ्नै ४५ वर्षीय बुवा बालाराम विकलाई घरको छतबाट धकलेर हत्या गरेका छन्। छतबाट खसेपछि बालारामको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काका अनुसार घटना गएराति पौने १२ बजेतिर हो।‘सामान्य घरायसी विवादपछि छोराले बुवालाई कुटपिट गरी घरको छतबाट खसालेर हत्या गरेको भन्ने खुल्न आएको छ,’ डिएसपी खड्काले भने, ‘छोरालाई ...