×

समाचार

तनहुँको खैरनीटारबाट सातजना जुुवाडे प्रहरी नियन्त्रणमा

तनहुँको खैरनीटारबाट सातजना जुुवाडे प्रहरी नियन्त्रणमा
तनहुँ । तनहुँको खैरनीटार स्थित सापकोटा होटलमा जुवा खेल्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका वडा नं. ११ का दिपक श्रेष्ठ, दिपक वि.क, शंकर शर्मा, कमल थापा रहेका छन । त्यसैगरी व्यास नगरपालिका वडा नं. १० का मोतीकुमार श्रेष्ठ, बाग्लुुङ ढोरपाटन नगरपालिका वडा नं. ४ का टेक छन्त्याल र पर्वत बालकोट ४ बस्ने रवि गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । पक्राउ परेका जुवाडेहरुको साथबाट प्रहरीले एकलाख ९...

२४ घण्टामा ३ हजार ३०९ जनामा कोरोना सङ्क्रमण, ३ हजार ८४४ जना डिस्चार्ज

२४ घण्टामा ३ हजार ३०९ जनामा कोरोना सङ्क्रमण, ३ हजार ८४४ जना डिस्चार्ज
काठमाण्डौ – नेपालमा कोभिड–१९ कोरोना भाइरस का सङ्क्रमितको सङ्ख्या एक लाख ८२ हजार नौ सय २३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार तीन हजार तीन सय नौ जनामा सङ्क्रमण पुष्टि भएको हो । गएको २४ घण्टामा १३ हजार एक सय ४४ जनाको नमुना परीक्षण भएको हो । त्यस्तै गएको २४ घण्टामा तीन हजार आठ सय ४४ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ४४ हजार नौ सय ७८ पुगेको छ । अब नेपालमा ३६ हजार नौ सय ११ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै एक हजा...

जङ्गली जनावरको आक्रमणः कात्तिक महिनामा मात्र ५ को मृत्यु, ७ घाइते

जङ्गली जनावरको आक्रमणः कात्तिक महिनामा मात्र ५ को मृत्यु, ७ घाइते
चितवन । कात्तिक १७ गते चितवनको भरतपुर महानगरपालिका–१६ ब्रमपुरस्थित आफ्नै बारीमा आएको गैडा धपाउने क्रममा गैडाले आक्रमण गर्दा एक जना घाइते भएका थिए । कात्तिक १६ गते नवलपरासी देवचुली नगरपालिका–१७ कुलेनीस्थित खेतमा तोरी छर्न जाने क्रममा बाटोमा गैंडाले आक्रमण गर्दा एक जना गम्भीर घाइते भए । उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भयो । कात्तिक १५ गते बर्दिया गेरुवा गाउँपालिका–४ राजिपुरस्थित एक नर्सरीमा गाईवस्तु चराइरहेका बेला बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको ब...

विराटनगरमा कोरोना सङ्क्रमणबाट तीन पुरुषको मृत्यु

विराटनगरमा कोरोना सङ्क्रमणबाट तीन पुरुषको मृत्यु
विराटनगर । कोरोना सङ्क्रमणबाट विगत १८ घण्टाको अवधिमा विराटनगरका दुई अस्पतालमा तीन पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित न्यूरो कोभिड–१९ अस्पतालमा विराटनगर– ११ का ४९ वर्षका पुरुष र सुनसरीको धरान–१५ का ६३ वर्षका पुरुषको आज मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेशकुमार आचार्यले जानकारी दिनुभयो । धरानका मृृतक पुरुषलाई यही असोज २७ गते कोरोना पोजेटिभ देखिएकामा उपचारका लागि कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो । मृतक जनता समाजवादी पार्टीको लिम्बुवान राष्ट्रिय समितिको उपाध...

२४ घण्टामा २९ सय ३३ सङ्क्रमित थपिए, २४ जनाको ज्यान गयो

२४ घण्टामा २९ सय ३३ सङ्क्रमित थपिए, २४ जनाको ज्यान गयो
काठमाण्डौ – पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३३ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ४ सय ४६ जनाको नमूना परीक्षण गर्दा २ हजार ९ सय ३३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या १ लाख ७६ हजार पाँच सय पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा तीन हजार एक सय ५० जना निको भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म १ लाख ३७ हजार ९ सय ९२ जना निको भएका छन् । अब सक्रिय सङ्क्रमितको संख्या ३७ हजार पाँच सय २४ रहेको छ । यस्तै ...

थप २ हजार ५०८ जनामा कोरोना संक्रमण पुष्टि

थप २ हजार ५०८ जनामा कोरोना  संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ५०८ जनामा कोरोना भाइरस कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २७९ पीसीआर टेष्ट गर्दा ९७६ महिला र १५३२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ । उनीहरुमध्ये १ लाख ३१ हजार २२२ जना संक्रमणमुक्त भएका छन् भने ९३७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर ३८ हजार ५८४ संक्रिय संक्रमित छन्, जसमध्ये ३१ हजार ००८ होम आइसोलेसनमा छन् । संस्थागत ...

कोरोना उपचार जनतालाई सशुल्क, सांसद–मन्त्रीलाई निःशुल्क

कोरोना उपचार  जनतालाई सशुल्क, सांसद–मन्त्रीलाई निःशुल्क
काठमाडौं । सरकारले २ कात्तिकदेखि लक्षित समूहमा नपरेका जनताको कोरोना भाइरस कोभिड १९ परीक्षण  तथा उपचार निःशुल्क गर्न छाडेको छ । लक्षित समूहमा नपरेका सर्वसाधारणले खर्च व्यहोर्न नसक्ने स्वघोषणा गरे उपचार खर्च व्यहोर्ने सरकारले भनेको छ । तर निजी अस्पतालहरुले लाखौं रुपैयाँ धरौटी जम्मा गर्न नसक्ने कोरोना संक्रमितलाई भर्ना लिन छाडेका छन् भने सरकारी अस्पतालहरुले पनि उपचारका लागि धरौटी जम्मा गर्न धमाधम उर्दी जारी गरेका छन् । तर, नेपाल सरकारका मन्त्री तथा संघीय सांसदहरुले भने कोर...

देशका विभिन्न जिल्लामा थप १६ जना कोरोना संक्रमितको मृत्यु

देशका विभिन्न जिल्लामा थप १६ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । काठमाडौंका ७, भक्तपुर २ तथा चितवन, दोलखा, सिराहा, नवलपुर, कास्की, पर्वत र कैलालीका १र१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालयहरुले जनाएका छन् । असन, काठमाडौंकी ४९ वर्षीया महिलाको बुधबार मृत्यु भएको छ । उच्च रक्तचाप, थाइराइड र मिर्गौलासम्बन्धी समस्या भएकी उनलाई २४ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो भने मुटुमा समस्या भएपछि २७ गते अस्पताल भर्ना भएकी थिइन् । घट्टेकुलो, काठमाडौंका ८६...

चौरसिया हत्या आरोपमा पूर्वसभासद गुप्तासहित १२ जनाविरुद्ध किटानी जाहेरी

चौरसिया हत्या आरोपमा पूर्वसभासद गुप्तासहित १२ जनाविरुद्ध किटानी जाहेरी
काठमाडौं । मुकेश चौरसियाको हत्या आरोपमा उनको परिवारले नेपाल कम्युनिस्ट पार्टी नेकपा का नेता एवं पूर्वसभासद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध प्रहरीमा ज्यानसम्बन्धी कसुरमा जाहेरी दरखास्त दिएको छ । पहिले जाहेरी लिन नमानेको प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयको आदेशमा बिहीबार जाहेरी दर्ता गरेको हो ।पीडित परिवारले १२ जनाविरुद्ध किटानी जाहेरी दिएको पर्साका डीएसपी मनोजित कुँवरले जानकारी दिए । किटानी जाहेरी परेकामध्ये ३ जना हिरासतमा छन् भने अरुलाई प्रहरीले पक्राउ गरेको छैन । ...