जङ्गली जनावरको आक्रमणः कात्तिक महिनामा मात्र ५ को मृत्यु, ७ घाइते
चितवन । कात्तिक १७ गते चितवनको भरतपुर महानगरपालिका–१६ ब्रमपुरस्थित आफ्नै बारीमा आएको गैडा धपाउने क्रममा गैडाले आक्रमण गर्दा एक जना घाइते भएका थिए । कात्तिक १६ गते नवलपरासी देवचुली नगरपालिका–१७ कुलेनीस्थित खेतमा तोरी छर्न जाने क्रममा बाटोमा गैंडाले आक्रमण गर्दा एक जना गम्भीर घाइते भए । उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भयो । कात्तिक १५ गते बर्दिया गेरुवा गाउँपालिका–४ राजिपुरस्थित एक नर्सरीमा गाईवस्तु चराइरहेका बेला बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको ब...


