Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

काठमाण्डौ – नेपालमा कोभिड–१९ कोरोना भाइरस का सङ्क्रमितको सङ्ख्या एक लाख ८२ हजार नौ सय २३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार तीन हजार तीन सय नौ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

गएको २४ घण्टामा १३ हजार एक सय ४४ जनाको नमुना परीक्षण भएको हो । त्यस्तै गएको २४ घण्टामा तीन हजार आठ सय ४४ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ४४ हजार नौ सय ७८ पुगेको छ ।

अब नेपालमा ३६ हजार नौ सय ११ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै एक हजार तीन सय पाँच जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा ३० जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ३४ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया