Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

तनहुँ । तनहुँको खैरनीटार स्थित सापकोटा होटलमा जुवा खेल्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका वडा नं. ११ का दिपक श्रेष्ठ, दिपक वि.क, शंकर शर्मा, कमल थापा रहेका छन ।
त्यसैगरी व्यास नगरपालिका वडा नं. १० का मोतीकुमार श्रेष्ठ, बाग्लुुङ ढोरपाटन नगरपालिका वडा नं. ४ का टेक छन्त्याल र पर्वत बालकोट ४ बस्ने रवि गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
पक्राउ परेका जुवाडेहरुको साथबाट प्रहरीले एकलाख ९७ हजार ९ सय ५० बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि जुवा कसुर ऐन अन्तर्गत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । चाडपर्वको नाममा सामाजिक विकृतिहरु बढ्दै गएपछि प्रहरीले सकृयता बढाएको छ ।

तपाईको प्रतिक्रिया