×

समाचार

एक करोड हिनामिना गरेका भरतपुर मालपोतका तत्कालिन लेखा अधिकृत दमाई जेल चलान

एक करोड हिनामिना गरेका भरतपुर मालपोतका तत्कालिन लेखा अधिकृत दमाई जेल चलान
भरतपुर । एक करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका मालपोत कार्यालय चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे दमाईलाई चितवन जिल्ला अदालतले पूर्पक्षका लागि कारागार चलान गरेको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आज  दमाईलाई पूर्पक्षका लागि भरतपुर कारागार पठाउन आदेश दिएको अदालतका शाखा अधिकृत नवराज सिंखडाले जानकारी दिए । दमाईलाई आजै जिल्ला प्रहरी कार्यालयबाट भरतपुर कारागार पठाइएको प्रहरी उपरीक्षक सूर्य थापाले जानकारी दिए । सरकारी वकिल कार्यालयले ७ वर्ष कैद मा...

नेपाल राजनीतिक हिसाबले द्वन्द्वमुक्त भएको छ : परराष्ट्रमन्त्री ज्ञवाली

नेपाल राजनीतिक हिसाबले द्वन्द्वमुक्त भएको छ : परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौँ ।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल राजनीतिक हिसाबले द्वन्द्वमुक्त भएको बताउनुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा दलीयरुपमा भाग लिँदै मन्त्री ज्ञवालीले तराईमा चलेको पृथकतावादी र हिंसात्मक गतिविधि चलाउने समूह शान्तिपूर्ण राजनीतिको मूलधारमा आएसँगै नेपाल द्वन्द्वमुक्त भएको बताउनुभयो । “यो महत्वपूर्ण उपलब्धि हो”, उहाँले भन्नुभयो । संसद्को प्रारम्भमै पेश हुनुपर्ने अध्यादेशका विषयमा सबै राजनीतिक दलबीच एकै मत र समान धारणा हुनुपर्ने उल्लेख गर्दै मन्त्री ज्ञवालीले नि...

वडाध्यक्ष महिलासहित होटलबाट पक्राउ

वडाध्यक्ष महिलासहित होटलबाट पक्राउ
बैतडी । दोगडाकेदार गाउँपालिका(७ का वडाध्यक्ष भरत महरा एकजना महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन् ।शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनीहरु दुवैलाई शुक्रबार बिहान ३ बजेतिर स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट नियन्त्रणमा लिइएको हो । उनीहरु दुवैजना कोठामा रहेको भन्ने जानकारी वडाअध्यक्ष महराकी श्रीमतीले पाएपछि प्रहरीलाई खबर गरेकी थिइन् । शङ्कास्पद भेटिएका दुवैजनालाई जि...

छोरी बलात्कार गर्ने बुवालाई २५ वर्ष जेल !

छोरी बलात्कार गर्ने बुवालाई २५ वर्ष जेल !
डोटी । छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका जोरायल गाउँपालिका–५ का डम्बर विकलाई जिल्ला अदातलले २५ वर्षको सजाय सुनाएको छ । जिल्ला अदालतका न्यायाधिश विदुर काफ्लेको एकल इजलासले विकले बलात्कार गरेको ठहर गरी सजाय सुनाएका हुन् । गत आसोजमा आफ्नै छोरी बलात्कार गरेको विककी श्रीमतीले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । घरमा आमा नभएको समयमा उनले पटक–पटक छोरीलाई बलात्कार गर्ने गरेको प्रमाणित भएपछि अदालतले उनलाई २५ वर्षको कैद सजाय सुनाएको हो । रासस

यी हुन् बलात्कारको झुटो उजुरी दिने महिला !

यी हुन् बलात्कारको झुटो उजुरी दिने महिला !
काठमाडौ । जबर्जस्ती करणीको झुटो उजुरी दिने महिला ‘हनी ट्र्याप’ मा पारेर रकम असुली गरेको आरोपमा पक्राउ परेका छन् । होटलमा सँगै बसेको फोटो देखाएर ब्ल्याकमेलिङ गरी पटक पटक रकम लिएर ठगी गरेको आरोपमा प्रहरीको अपराध महाशाखाको टोलीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० घर भएकी ३७ वर्षकी लालसरी शाहीलाई पक्राउ गरेको हो । लालसरीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका कर्मचारी खेमराज शर्मालाई फसाउने नियतले होटलमा भेट्न बोलाई उनीविरुद्ध गत असोज ६ गते प्रहरीमा जबर्जस्ती करणी मुद्दामा ...

७८ वर्षीया वृद्धालाई करणी गर्न खोज्नेलाई साढे ३ वर्ष कैद

७८ वर्षीया वृद्धालाई करणी गर्न खोज्नेलाई साढे ३ वर्ष कैद
गलकोट । अठहत्तर वर्षीया एक वृद्धालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालत बागलुङले जिल्लाको गलकोट नगरपालिका(१ का २६ वर्षीय बुलबहादुर विकलाई तीन वर्ष छ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत बागलुङका न्यायाधीश वासुदेव न्यौपानेको मङ्गलबारको एकल इजलासले कसुर ठहर गर्दै आरोपितलाई तीन वर्ष छ महिना कैदसहित पीडितलाई २५ हजार क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले बताए । पीडित वृद्धालाई आरोपित विकले २०७६ भदौ २ गते बलात्का...

१३ करोड हिनामिना गरेका अभियुक्त २ लाखमै रिहा !

१३ करोड हिनामिना गरेका अभियुक्त २ लाखमै  रिहा !
 काठमाडौं । १३ करोड भन्दा बढी सार्वजनिक सम्पत्ति हिनामिनाका अभियुक्तलाई विशेष अदालतले दुई लाख रुपैयाँभन्दा कम धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशहरू प्रेमराज कार्की, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलासले काठमाडौं भ्युटावर निर्माण गरिरहेका ठेकेदार मनोजकुमार भेटवाललाई जम्मा एक लाख ९० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । यही फाइनान्स लिमिटेडको रकम हिनामिना प्रकरणमा पक्राउ परेका भेटवालसँगै बसन्त मल्ल, विकास श्रेष्ठ, मधुवनलाल श्रेष्ठ, भैरवप्...

बलात्कारको झुटो आरोप लगाउने महिलालाई साढे तीन वर्ष कैद

बलात्कारको झुटो आरोप लगाउने महिलालाई साढे तीन वर्ष कैद
वीरेन्द्रनगर । बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ।सोमबार जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको हो।वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै ती महिलाले गत असोजमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी महिलाले नै अदालतमा बय...

नवलपुरकाे धौवादीमा फलाम उत्खननको काम तीन वर्ष पछि

नवलपुरकाे धौवादीमा फलाम उत्खननको काम तीन वर्ष पछि
नवलपुर । नवलपरासीको धौवादीमा फलाम उत्खननको काम थाल्न कम्तीमा पनि तीन वर्ष लाग्ने भएको छ । धौवादी फलाम कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ)  जनक चन्दका अनुसार फलामखानीमा अहिले पनि अध्ययनकै काम चलिरहेको छ । पाइलट टेस्टिङका लागि पाँच टन खनिजको नमुना चीन पठाइएको थियो, चीनको प्रयोगशालामा परीक्षण गर्दा धौवादीमा फलाम रहेको पुष्टि भइसकेको छ । परीक्षणले औद्योगिक प्रशोधनमार्फत धौवादीको खानीबाट शुद्ध फलाम निस्कने पक्का भएको देखिएको सीईओ चन्दको भनाइ छ । ‘हामीले पठाएको पाँच टन नमुना ...