×

समाचार

बलात्कारको झुटो आरोप लगाउने महिलालाई साढे तीन वर्ष कैद

बलात्कारको झुटो आरोप लगाउने महिलालाई साढे तीन वर्ष कैद
वीरेन्द्रनगर । बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ।सोमबार जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको हो।वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै ती महिलाले गत असोजमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी महिलाले नै अदालतमा बय...

नवलपुरकाे धौवादीमा फलाम उत्खननको काम तीन वर्ष पछि

नवलपुरकाे धौवादीमा फलाम उत्खननको काम तीन वर्ष पछि
नवलपुर । नवलपरासीको धौवादीमा फलाम उत्खननको काम थाल्न कम्तीमा पनि तीन वर्ष लाग्ने भएको छ । धौवादी फलाम कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ)  जनक चन्दका अनुसार फलामखानीमा अहिले पनि अध्ययनकै काम चलिरहेको छ । पाइलट टेस्टिङका लागि पाँच टन खनिजको नमुना चीन पठाइएको थियो, चीनको प्रयोगशालामा परीक्षण गर्दा धौवादीमा फलाम रहेको पुष्टि भइसकेको छ । परीक्षणले औद्योगिक प्रशोधनमार्फत धौवादीको खानीबाट शुद्ध फलाम निस्कने पक्का भएको देखिएको सीईओ चन्दको भनाइ छ । ‘हामीले पठाएको पाँच टन नमुना ...

चितवनमा ट्रक र जीप ठोक्किँदा एकजनाको मृत्यु

चितवनमा ट्रक र जीप ठोक्किँदा एकजनाको मृत्यु
चितवन। चितवनको राप्ती नगरपालिका–३ मार्तलपुलमा ट्रक र बोलेरो जीप ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ ।ना ८ ख १४२० नम्बरको ट्रक र बा १८ च १३७१ नम्बरको बोलेरो जीप सोमबार बिहान एकापसमा ठक्कर खाँदा ट्रक सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी ट्रक चालक धादिङ धुसा गाउँपालिका–१ का २६ वर्षीय महेश फुँयालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा घाइते भएका ट्रकका सहचालक तनहुँ बन्दिपुर गाउँपालिका–५ का २७ वर्षीय विवेक थापाको पुरानो मेडिकल कलेज भरतपुरम...

३ दिनसम्म मेघगर्जनसहित पानी पर्ने सम्भावना

३ दिनसम्म मेघगर्जनसहित पानी पर्ने सम्भावना
काठमाडौं ।तीन दिनसम्म मौसम बदली हुने भएको छ । स्थानीय र पश्चिमी वायुको प्रभावका कारण देशका केही भूभागको मौसममा बदली आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज सोमबार दिउँसो र राति कर्णाली, गण्डकी र प्रदेश १ सहित देशका पहाडी भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ । ३ गते मंगलबार पनि देशका पहाडी भूभागमा आंशिकरुपमा बदली हुने र चट्याङसहित सामान्य वर्षा हुने महाशाखाको पूर्वानुमान छ । ३ गते कर्णाली, गण्डकी र प्रदेश १ सँगै बागमतीमा पनि पानी पर...

लहान मालपोतमा बम बिस्फोट : दुई कर्मचारी घाइते, भेटियो गोइत समूहको पर्चा

लहान मालपोतमा बम बिस्फोट : दुई कर्मचारी घाइते, भेटियो गोइत समूहको पर्चा
काठमाडौं। सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार दिउँसो बम बिस्फोट हुँदा घाइते हुनेको संख्या ७ जना पुगेको छ। घाइते हुनेमा २ जना सरकारी कर्मचारी छन् भने बाँकी सेवाग्राही हुन्।प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले दिएको जानकारीअनुसार बिस्फोटस्थल नजिकै जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ। मालपोत कार्यालयमा दिउँसो १ बजेतिर प्रेसर कुकर बम बिस्फोट भएको डिआइजी सिंहले जानकारी दिए।उनका अनुसार बिस्फोटमा गम्भीर घाइते भएका सेवाग्...

आज महाशिवरात्रि पर्व, पशुपतिमा घुइँचो

आज महाशिवरात्रि पर्व, पशुपतिमा घुइँचो
काठमाडौं । महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी बिहीबार देशभर मनाइँदैछ । पशुपतिनाथ सहितका देशभरका शिवालयहरुमा शिवको पूजा आराधना गर्नेहरुको विहानैदेखि घुइँचो लागेको छ । शिवको पूजा आराधना गरे सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा। डा। रामचन्द्र गौतमले बताए । यही विश्वासका साथ वैदिक सनातन हिन्दू धर्मावलम्बीले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्ति...

चार छोराछोरीसहित आमाले कर्णालीमा हाम्फालिन्, दुई छोरीको शव फेला

चार छोराछोरीसहित आमाले कर्णालीमा हाम्फालिन्, दुई छोरीको शव फेला
सुर्खेत । दैलेखको आठबीस नगरपालिका वडा वडा नम्बर ३ निमायलकी एक महिलाले चार छोराछोरी सहित कर्णाली नदीमा हाम्फालेर आत्महत्या गरेकी छन् । दुई छोरीको शव सोमबार साँझ भेटिए पनि अन्य तीनजना वेपत्ता छन् । वडाअध्यक्ष प्रयागबहादुर शाहीका अनुसार आइतबार दिउँसो निमायलका श्रीमान मानबहादुर बडुवाललाई बजारमा लिन गएकी सुकी बडुवाल आइतबार राती नै घरबाट छोराछोरीसहित निस्किएकी थिइन् । ‘उनी आइतबार राती नै घरबा निस्किएको थाहा भयो । श्रीमान मदिरा सेवन गर्ने गरेका थिए । सायद घर झगडा भएको हुनुपर्छ...

विप्लवसँग वार्ता गर्न सरकारले बनायो बादलको नेतृत्वमा वार्ता टोली

विप्लवसँग वार्ता गर्न सरकारले बनायो बादलको नेतृत्वमा वार्ता टोली
काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । गुरुङले विज्ञप्ति जारी गरी विप्लव समूहसँग वार्ताद्वारा समस्या समाधान गर्न २ सदस्यीय वार्ता टोली गठन गरेको बताएका छन् ।

मदन भण्डारी राजमार्गका ३१ पुल शिलान्यास, ४ वटाको उद्घाटन

मदन भण्डारी राजमार्गका ३१ पुल शिलान्यास, ४ वटाको उद्घाटन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार झापाका विभिन्न खोला र नदीमा निर्माण भएका ४ वटा पुलको उद्घाटन गरेका छन् । उनले मदनभण्डारी राजमार्गको धरान–बाहुनडाँगी खण्डमा बन्ने ३१ वटा पुलको पनि आइतबार नै शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले गृह जिल्ला झापा पुगेर कमल खोला पुल, मावाबेतिनी पुल र रतुवा खोलाका २ वटा पुल उद्घाटन गरेका हुन् । कमलखोला पुल २०७६ फागुन २३ मै निर्माण सकिएर सञ्चालनमा आएको एक वर्षपछि प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् । १७० मिटर लामो यो पुल...