Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन। चितवनको राप्ती नगरपालिका–३ मार्तलपुलमा ट्रक र बोलेरो जीप ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ ।ना ८ ख १४२० नम्बरको ट्रक र बा १८ च १३७१ नम्बरको बोलेरो जीप सोमबार बिहान एकापसमा ठक्कर खाँदा ट्रक सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी ट्रक चालक धादिङ धुसा गाउँपालिका–१ का २६ वर्षीय महेश फुँयालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा घाइते भएका ट्रकका सहचालक तनहुँ बन्दिपुर गाउँपालिका–५ का २७ वर्षीय विवेक थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया