Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन । जंगली हात्तीको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं. १३ गंगानगरकी ५१ वर्षीया तुलमाया भुजेल रहेको पत्रकार अपिल घिमिरेले बताए ।

आज विहान ३ वजे चितवन राष्टिय निकुञ्जबाट आएको जंगली हात्ती स्थानीय बेलसहर सामुदायिक बन हुदै बस्ती प्रवेश गरेर घर भत्काउन थालेको थियो ।हात्तीले घर भत्काउन थालेपछि तुलमाया हारगुहार गर्दै भाग्ने क्रममा घर छिमेकी गोरे तामाङको आगनमा हात्तीले मारेको घिमिरे जानकारी दिए ।

मृतकको शवलाई पोष्टमार्टमको लागि भरतपुर अस्पताल पठाइएको छ । जंगली हात्तीले चारजना स्थानीयको घर समेत भत्काएको छ ।

तपाईको प्रतिक्रिया