गाउँभरिका बिरामीमा कोरोनाको लक्षण, धामी र जडीबुटीकै भर
फाइल तस्वीर
७ जेठ, जाजरकोट । गाउँभरि घरैपिच्छे बिरामी हुँदा सर्वसाधारण हैरान भएका छन् । जिल्लाका सबै पालिकामा यस्तो समस्या देखिएको छ । कुशे गाउँपालिका अधिकांश गाउँमा ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्नेलगायत लक्षण देखिएको छ । गाउँमा सबै बिरामी हुँदा हैरान भएको र आफूलाई समेत सन्चो नभएको रातो नेपालीले बताए । “ गाउँमा कसैको परीक्षण भएको छैन”, नेपालीले भने ।
त्यस्तै, नलगाड नगरपालिकाको कैना, टट्टा, हल्चौर बारेकोटको रामीडाँडा, धौलाकोटलगायत गाउँमा पनि ज्वरोका बिरामीक...


