×

समाचार

कोरोना सङ्क्रमितलाई भरतपुर अस्पतालको हटलाइन सेवा

कोरोना सङ्क्रमितलाई भरतपुर अस्पतालको हटलाइन सेवा
चितवन । भरतपुर अस्पतालले कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याएको छ । कोरोना कहरलाई मध्यनजर गरी बिरामी र आफन्तको सुविधालाई ध्यानमा राखी ‘कोभिड–१९ हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना सङ्क्रमितका लागि शय्या, अक्सिजन, बिरामीले होमआइसोलेशनमा रहँदा कुनै स्वास्थ्य समस्या देखिएमा वा अन्य कुनै पनि जिज्ञासा भए सिधै फोनबाट चिकित्सकसँग परामर्श लिन सक्नेछन् । त्यसका लागि ०...

चीनले दिएका १८ हजार अक्सिजन सिलिण्डर तातोपानीमा

चीनले दिएका १८ हजार अक्सिजन सिलिण्डर तातोपानीमा
फाइल तस्बिर । काठमाडौं । चीनले नेपाललाई दिएका १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुगेका छन् । अक्सिजन सिलिण्डर बोकेका चिनियाँ गाडी तिब्बतर्फको नाकामा आइपुगेको सरकारले जनाएको छ । सीसीएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले अक्सिजन सिलिण्डर अभाव हुन नदिन हवाइ र स्थल दुवै मार्ग प्रयोग गरिएको बताएका छन् । उपप्रधानमन्त्रीको प्रेस सल्लाहकार गणेश पाण्डेका अनुसार १८ हजार थान सिलिण्डर प्रक्रिया पूरा गरेर काठमाडौं ल्याउने तयारी छ । तिब्बतको कुति (न्...

बागलुङमा विवाहले फैलियो कोरोना,एकै परिवारका चार जनाको मृत्यु

बागलुङमा विवाहले फैलियो कोरोना,एकै परिवारका चार जनाको मृत्यु
खेमराज गौतम गलकोट । बागलुङमा अहिले कोभिड–१९ का सक्रिय सङ्क्रमितको सङ्ख्या ७४७ पुगेको छ भने २३ जनाको मृत्यु भएको छ । एक हप्ता अघिसम्म जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १०० सेरोफेरो थियो । अहिले सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्नुको कारण सरकारको निर्देशनविपरीत भिडभाड र जमघट भएको स्वास्थ्यकर्मी बताउँछन् । वैशाख महिना लगनको महिना भएकाले अधिकांशले धुमधामसँग विवाह गर्ने, चौरासी पूजा गर्ने तथा अन्य सामाजिक संस्कारजन्य भोजभतेर गर्ने क्रम तीव्र हुँदा सङ्क्रमण दर डरलाग्दो अवस्था...

गर्भवती महिलाकाे अपरेसन गरेर बच्चा निकालियो, संक्रमित आमाकाे मृत्यु

गर्भवती महिलाकाे अपरेसन गरेर बच्चा निकालियो,  संक्रमित आमाकाे मृत्यु
पोखरा।तनहुँको भिमाद नगरपालिका–५ की २२ वर्षीया महिलालाई घरमै ज्वरो आयो। निको होला भनेर बसिन्।स्वास्थ्यमा सुधार नआएपछि उनी पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल भर्ना भइन्। उनी सात महिनाकी गर्भवती थिइन्।अस्पतालले पिसिआर परीक्षण गर्दा वैशाख २८ गते उनको रिपोर्ट पोजेटिभ आयो। आइसोलेसनमा राखेर उपचारकै क्रममा उनलाई श्वासप्रश्वासमा समस्या आयो। अस्पतालका चिकित्सकले अप्रेसनमार्फत बच्चा निकाले। बच्चा जन्मियो, तर शनिबार बिहानै उनको मृत्यु हुन पुग्यो।कोरोना भाइरसको संक्रमण पुष्टि भएक...

काम गरेको पैसा नदिएको झोंकमा मजदुरद्धारा व्यवसायीको हत्या

काम गरेको पैसा नदिएको झोंकमा मजदुरद्धारा व्यवसायीको हत्या
झापा।मोरङको लेटाङमा छुरा प्रहार गरी शुक्रबार राति एक निर्माण व्यवसायीको हत्या भएको छ।लेटाङ-३ का १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूले लेटाङ नगरपालिका-३ का २२ वर्षीय रोमन राईको हत्या गरेको प्रहरीले बताएको छ। हत्यामा संलग्न दुबै जना ट्याक्टर मजदुर हुन्। रोमन निर्माण व्यवसायी हुन्।काम गरेको पैसा माग्दा दुबै पक्षबीच बढेको विवाद हत्यासम्म पुगेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार लेटाङकै त्रिशूली चोकमा रोमनलाई छुरा हानेर सुशील र दिलबहादुरले हत्या गरेका हुन्।प्रहरीका अनुसार...

विवाहभोज खाएपछि कोरोना सङ्क्रमण, एकै घरका तीनको मृत्यु

विवाहभोज खाएपछि कोरोना सङ्क्रमण, एकै घरका तीनको मृत्यु
बलेवा ।बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए । मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन् । स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा रहेका छन् । उनीहरूमध्ये ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरि अस्पताल बागलुङ र ५१ वर्षीय छोराको ...

कोरोनाबाट थप १६८ जनाको मृत्यु ९३०५ जनामा संक्रमण

कोरोनाबाट थप १६८ जनाको मृत्यु ९३०५ जनामा  संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा ९३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ ।  

कोरोना संक्रमितको हेरचाहमा खटिएका नर्सको राष्ट्रपतिद्वारा उच्च प्रशंसा

कोरोना संक्रमितको हेरचाहमा खटिएका नर्सको राष्ट्रपतिद्वारा उच्च प्रशंसा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर संक्रमितको हेरचाहमा खटिएका नर्सको उच्च प्रशंसा गर्नुभएको छ । उहाँले बुधवार ट्वीट गर्दै अन्तरराष्ट्रिय नर्स दिवस तथा २०१औं फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा शुभकामना दिंदै नर्सको उच्च प्रशंसा व्यक्त गर्नुभएको हो । ‘विश्वव्यापी महामारी कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर संक्रमितको हेरचाहमा अहोरात्र खटिनुभएका सम्पूर्ण नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तरर...

४०० थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर लिएर आएको जहाज काठमाडौंमा

४०० थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर लिएर आएको जहाज काठमाडौंमा
काठमाडौं । अक्सिजन र भेन्टिलेटरसहितका स्वास्थ्य सामाग्री लिएर बेइजिङबाट उडेको नेपाल एयरलाइन्सको विमान काठमाडौं अवतरण गरेको छ । वायुसेवा निगमको ए३३० कलसाइनको वाइडबडी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । जहाजले २० हजार थानमध्ये ४०० थान अक्सिजन सिलिन्डर, १६० थान अक्सिजन कन्सनटेटर र १० थान भेन्टिलेटरसहित ३० टन सामाग्री लिएर काठमाडौं आइपुगेको वायुसेवा निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले बताए ।