×

पोखरा।तनहुँको भिमाद नगरपालिका–५ की २२ वर्षीया महिलालाई घरमै ज्वरो आयो। निको होला भनेर बसिन्।स्वास्थ्यमा सुधार नआएपछि उनी पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल भर्ना भइन्। उनी सात महिनाकी गर्भवती थिइन्।अस्पतालले पिसिआर परीक्षण गर्दा वैशाख २८ गते उनको रिपोर्ट पोजेटिभ आयो।

आइसोलेसनमा राखेर उपचारकै क्रममा उनलाई श्वासप्रश्वासमा समस्या आयो। अस्पतालका चिकित्सकले अप्रेसनमार्फत बच्चा निकाले। बच्चा जन्मियो, तर शनिबार बिहानै उनको मृत्यु हुन पुग्यो।कोरोना भाइरसको संक्रमण पुष्टि भएको चार दिनमै उनले मृत्युवरण गर्नुपरेको थियो। गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा मात्रै १४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

तपाईको प्रतिक्रिया