Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

भरतपुर । चितवन मेडिकल कलेजमा गत २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।कलेजले आज उपलब्ध गराएको तथ्यांकअनुसार आज मृत्यु हुनेहरुमा ५ पुरुष र १ महिला रहेका छन् । त्यसैगरी कलेजको आईसीयूर भेन्टिलेटरमा गरेर कोरोनाका झण्डै २०० जना गम्भीर बिरामी रहेका छन् । मेडिकल कलेजको आईसीयूमा १४३ र भेन्टिलेटरमा ३७ जना बिरामी उपचाररत छन् ।

गत २४ घण्टामा अस्पतालमा १ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ । योसँगै कलेजमा आजसम्म् कोरोना संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या ३५२ पुगेको छ । यसैगरी अस्पतालमा विगत २४ घण्टामा १८ जना बिरामी डिस्चार्ज भएका छन् ।

 

तपाईको प्रतिक्रिया