गैँडाकोट । नवलपुरमा थप एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नं. २ कि ४४ वर्षीया महिलाको मध्यविन्दु जिल्ला अस्पतालमा गएराति मृत्यु भएको हो ।
हिजो अपरान्ह ४ वजे अस्पताल भर्ना भएकि उनको राति ९ : ४० वजे ज्यान गएको अस्पताल स्रोतले जनाएको छ । उनि मृगौला र कलेजको रोगबाट रहेको र कोभिड निमोनिया समेत देखिएको बताइएको छ ।