×

नवलपुर । चितवनमा मोटसाइकल चोरी गर्ने तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेहरुमा भरतपुर वडा नं १९ शारदानगर बस्ने २० वर्षीय आकास तामाङ,  गैडाकोट ७ गैह्रीटोल स्थायी  घर भई हाल भरतपुर ५ मा डेरा गरी बस्ने २८ वर्षीय दुर्गा पौडेल र  गैडाकोट ९ थुम्सी बस्ने २० वर्षीय सन्दिप आले रहेका छन् ।

उनीहरुले भरतपुर १९ का प्रेम सिंह तामाङको घरको बरन्डामा पार्किङ गरी राखेको ना ४३ प १९३३ नम्बरको मोटर साईकल चोरी गरेका हुन् ।मोटरसाईकल हराएको भन्ने खबर प्राप्त भएपछी सादा पोशाकको प्रहरी अधिकृत सहितको टोली र प्रहरी बिट कृष्णपुर खटिएको टोलीले अनुसन्धान गरेका थिए । खोजतलास गर्दै जाँदा प्रहरीले आकास तामाङलाई नियन्त्रणमा लिए ।

 

तपाईको प्रतिक्रिया