सीसीएमसीको प्रमुखमा पूर्वरथी बालानन्द शर्मा नियुक्त
काठमाडौँ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरिएको छ । स्रोतका अनुसार सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सीसीएमसीको प्रमुखमा नियुक्त गरेको हो ।
यसअघि सीसीएमसीको नेतृत्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले गरिरहेका थिए । सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि अध्यादेश मार्फत सीसीएमसीको पुनर्गठन गरेको छ। अब प्रधानमन्त्रीको नेतृत्वमा सीसीएमसी निर्देशक समिति रहनेछ।
पूर्वरथी शर्माले नेपाली सेना र माओवादी...


