×

काठमाडौँ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरिएको छ । स्रोतका अनुसार सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सीसीएमसीको प्रमुखमा नियुक्त गरेको हो ।

यसअघि सीसीएमसीको नेतृत्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले गरिरहेका थिए । सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि अध्यादेश मार्फत सीसीएमसीको पुनर्गठन गरेको छ। अब प्रधानमन्त्रीको नेतृत्वमा सीसीएमसी निर्देशक समिति रहनेछ।

पूर्वरथी शर्माले नेपाली सेना र माओवादी सेनाको समायोजन गर्न बनेको विशेष समितिको संयोजक भएर पनि काम गरेका थिए ।

निर्देशक समितिमा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री, गृह, सामान्य प्रशासन तथा सङ्घीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसङ्ख्या, अर्थ, कृषि, परराष्ट्र, ऊर्जा र पर्यटन मन्त्री सदस्य छन् ।

तपाईको प्रतिक्रिया