लगातार वर्षाका कारण नारायणगढ–बुटवल सडक विस्तार ठप्प
टेकराज पोखरेल
नवलपुर । लगातार भएको वर्षाको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक विस्तारको काम रोकिएको छ । बुधबार बिहानदेखि परेको अविरल वर्षाका कारण सडक विस्तारको काम ठप्प भएको नारायणगढ–बुटवल सडक आयोजना खण्ड १ का सूचना अधिकारी इन्जिनीयर कृष्ण आचार्यले जानकारी दिनुभयो ।
“जिल्लामा तीन दिनदेखि निरन्तर पानी परिरहेको छ”, आचार्यले भन्नुभयो, “बुधबार केही काम भएको भए पनि बिहीबार र शुक्रबार भने सडक विस्तारको कुनै पनि काम हुन सकेको छैन ।” पानी परिरहेका कारण कामदार निर्माणस्थल...


