×

गैँडाकोट । नेपाली सेना सवार जीप पूर्वि नवलपरासीमा दुर्घटना हुँदा ६ जना घाईते भएका छन् ।जिल्लाको कावासोती नगरपालिका वडा नं. ८ खरकट्टा जंगलमा सेना सवार जीप दुर्घटना हुँदा ६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ ।

सल्यानबाट काठमाण्डौ जान आउदै गरेको गरेको भे १ ज ३८४ नम्वरको जीप विहान ६: ३० वजे दुर्घटनामा परेको डिएसपी दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।घाइेतहरुको सबैको स्थानीय अस्पतालमा उपचार भैरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया