×

समाचार

१६ डिआइजीको सरूवा   गण्डकी प्रदेशमा लोहनी, ब्युरोमा सिंह

१६ डिआइजीको सरूवा   गण्डकी प्रदेशमा लोहनी, ब्युरोमा सिंह
काठमाडौं।गृह मन्त्रालयले १६ जना प्रहरी नायब महानिरीक्षक डिआइजीहरूको सरूवा निकालेको छ।सोमबार मन्त्रालयले सात वटै प्रदेशका डिआइजीहरूको सरूवा निकालेको हो।सरूवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्युरोमा डिआइजी धिरजप्रताप सिंहको सरूवा भएको छ। उनी प्रदेश २ मा कार्यरत थिए। ब्युरोमा कार्यरत् सहकुलबहादुर थापाको प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय निर्देशनालयमा सरूवा भएको छ।प्रदेश १ मा अरुणकुमार बिसीको सरूवा भएको गृह मन्त्रालयले जनाएको छ। उनी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा थिए।उम...

चितवनमा निउरो टिप्न गएकी महिलाको बाघको आक्रमणमा परी मृत्यु

चितवनमा निउरो टिप्न गएकी महिलाको बाघको आक्रमणमा परी मृत्यु
चितवन –चितवनमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । रत्ननगर नगरपालिका वडा नं ५ मगरटोल बस्ने अन्दाजी ३०र३२ वर्षीय गिता अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अधिकारी जनकौली मध्यवर्ती सामुदायिक वनभित्र निउरो टिप्न गएको बेला अधिकारीलाई बाघले आक्रमण गरी मृत्यु भएको थियो । आज करिब साढे १ बजे अधिकारीलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार गीताको खोजीका लागि हाल निकुञ्ज हात्तीसहितको टोली खटिएका छन् ।सो...

सेप्टि ट्याङ्की भत्केर संखुवासभामा २ जनाको मृत्यु

सेप्टि ट्याङ्की भत्केर संखुवासभामा २ जनाको मृत्यु
सङ्खुवासभा। सङ्खुवासभको खाँदबारी नगरपालिका वडा नम्बर ४ सेकाहामा सेप्टिक ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको छ।सेप्टि ट्याङ्की भत्किएर सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ र २५ वर्षीय ईश्वर राईको मृत्यु भएको हो। गम्भीर घाइते गुरुङ र राईलाई उपचार गर्न जिल्ला अस्पताल सङ्खुवासभा लगिएकोमा आइतबार बेलुकी उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविन राईले बताए।घाइते दुवैलाई स्थानीयले तत्कालै उद्धार गरेर जिल्ला अस्पताल ल्याएका थिए।

सामाजिक अभियान्ता भनिने ज्वाला संग्रौलासहित तीनजना पक्राउ

सामाजिक अभियान्ता भनिने ज्वाला संग्रौलासहित तीनजना पक्राउ
काठमाडौं । अभद्र व्यवहार गरेको आरोपमा सामाजिक अभियान्ता भनेर सामाजिक सञ्जालमा प्रचार गर्दै आएकी ज्वाला संग्रौलासहित तीनजना पक्राउ परेका छन् । खुस्बु घिमिरेले अभद्र व्यवहार गरेको आरोपमा गरेको उजूरीको आधारमा प्रहरीले (ज्वाला )टीका संग्रैला सँगै हिमाल उपाध्याय र शर्मिला बाइबालाई पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतका अनुसार उनीहरुमाथि अनुसन्धान सुरु भएको छ । केही दिन अगाडि प्रहरी सहायक निरीक्षक मणिकान्त झाविरुद्ध रङ्गभेदी अभिव्यक्ति दिएको भ...

थप २,४४२ जनामा कोरोना संक्रमण, ५१ जनाको मृत्यु

थप २,४४२ जनामा कोरोना संक्रमण, ५१ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १४२१ र ४२४९ एन्टिजेन परीक्षणमा १०२१ जना गरी २४४२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलका अनुसार संक्रमणदर २१।३ प्रतिशत छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्त भएका छन् भने ५१ जनाको मृत्यु भएको छ ।

थप २,४०१ जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

थप २,४०१ जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

निषेधाज्ञा क्रमशः खुकुलो हुँदै

निषेधाज्ञा क्रमशः खुकुलो हुँदै
काठमाडौँ, असार ५ गते । कोरोना  सङ्क्रमण महामारीको ‘दोस्रो भेरियन्ट’ फैलिएसँगै असहज बनेको जनजीवन सामान्य बन्दै गएको छ । कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा क्रमशः खुकुलो बन्दै छ । गृह मन्त्रालयले आर्थिक गतिविधि चलायमान हुने गरी ७७ वटै जिल्लामा शान्तिसुरक्षा तथा कोभिड–१९ नियन्त्रणमा ध्यान दिई गतिविधि सञ्चालन गर्न निर्देशन दिएको छ । योसँगै सार्वजनिक सेवाका कार्यालय, बैङ्क तथा वित्तीय संस्था र होम डेलिभरी सेवाका लागि रेस्टुराँ सञ्चालनलाई खुकुलो बनाइएको छ । ...

आज पनि देशका अधिकांश स्थानमा वर्षा र केही स्थानमा भारी वर्षा हुने

आज पनि देशका अधिकांश स्थानमा वर्षा र केही स्थानमा भारी वर्षा हुने
काठमाडौं।आज मुलुकभर बदली रही अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।मनसुनी वायुको प्रभाव र देशको पश्चिमी भू(भाग नजिक मनसुनी न्युन चापीय रेखाका कारण आज देशका अधिकांश स्थानमा वर्षाका साथै प्रदेश १, बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भीषण वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति प्रदेश १, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भाव...

कालिका नगरपालिकाद्धारा भूमिहीनलाई पुर्जा दिन नक्साङ्कनकाे प्रकृया थालनी

कालिका नगरपालिकाद्धारा भूमिहीनलाई पुर्जा दिन नक्साङ्कनकाे प्रकृया थालनी
चितवन । नगरक्षेत्रमा बसोवासगर्दै आएका भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित वस्तीहरुमा कालिका नगरपालिकाले नक्साकंन गर्ने प्रकृया सुरु गरेको छ । लालपुर्जा वितरणका लागि नगरपालिकाले नक्साकंन गर्न थालेको हो । नगरक्षेत्रभित्रका भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित वस्तीको क्षेत्रफल नाप्नका लागि वडा नं। ६ वाट कन्ट्रोल प्वाईन्ट निर्माणको काम आजदेखि सुरु गरेको हो । कन्ट्रोल प्वाइन्ट निर्माणको काम सुरुभएसँगै नक्साकंनको प्रकृया सुरु हुन्छ । नगर प्रमुख खुमनारायण श्रेष्ठ र भूमि सम...