काठमाडौं।गृह मन्त्रालयले १६ जना प्रहरी नायब महानिरीक्षक डिआइजीहरूको सरूवा निकालेको छ।सोमबार मन्त्रालयले सात वटै प्रदेशका डिआइजीहरूको सरूवा निकालेको हो।सरूवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्युरोमा डिआइजी धिरजप्रताप सिंहको सरूवा भएको छ। उनी प्रदेश २ मा कार्यरत थिए।

ब्युरोमा कार्यरत् सहकुलबहादुर थापाको प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय निर्देशनालयमा सरूवा भएको छ।प्रदेश १ मा अरुणकुमार बिसीको सरूवा भएको गृह मन्त्रालयले जनाएको छ। उनी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा थिए।उमेश रञ्जितकारको २ नम्बर प्रदेशमा सरूवा भएको छ। रञ्जितकार हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ब्याचका डिआइजी हुन्।यस्तै, गण्डकी प्रदेशमा डिआइजी दिवेश लोहनीको सरूवा भएको छ।प्रहरी प्रधान कार्यालयले २ नम्बर प्रदेशमा लोहनीको सरूवा गर्न खोजेको थियो। तर, गृह मन्त्रालयले उनको सरूवा गण्डकी प्रदेशमा गरेको हो।

विशेष ब्युरोमा कार्यरत् प्रकाशजंग कार्कीको बागमती प्रदेशमा सरूवा भएको छ।मुकुन्दराज आचार्यको लुम्बिनी प्रदेश, गणेशबहादुर ऐरको कर्णाली प्रदेश, रविन्द्रकुमार धानुकको विशेष ब्युरो, वसन्तकुमार पन्तको अख्तियार, प्रदेश १ का ईश्वरबाबाबु कार्कीको प्रधान कार्यालय योजना तथा अन्वेषण र सुदूरपश्चिम प्रदेशमा कार्यरत् उत्तमराज सुवेदीको महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरूवा भएको छ।

हालका महानिरीक्षक थापापछि प्रहरी नेतृत्वमा पुग्ने दाबेदारमध्येबाट विश्वराज पोखरेल यसअघि नै एआइजी भइसकेका छन्।उनी भावी नेतृत्वका एकल दाबेदार हुन्। उनको ब्याचबाट नेतृत्व दाबी गर्नेहरू थापा, सिंह, सुवेदी, लोहनी, लामाहरू भने डिआइजी नै छन्।

तपाईको प्रतिक्रिया