चितवन –चितवनमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । रत्ननगर नगरपालिका वडा नं ५ मगरटोल बस्ने अन्दाजी ३०र३२ वर्षीय गिता अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अधिकारी जनकौली मध्यवर्ती सामुदायिक वनभित्र निउरो टिप्न गएको बेला अधिकारीलाई बाघले आक्रमण गरी मृत्यु भएको थियो ।

आज करिब साढे १ बजे अधिकारीलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार गीताको खोजीका लागि हाल निकुञ्ज हात्तीसहितको टोली खटिएका छन् ।सोमबार मध्याह्न १२ बजेतिर बाघले आक्रमण गरेको भएपनि प्रहरीले दिउँसो २ बजेमात्र थाहा पाएको इलाका प्रहरी कार्यालय टांँडीका कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

४ जनाको स्थानीय टोली निहुरो टिप्न गएको रानाले बताए । वनमा बाक्लो झाडी भएकाले बाघलाई नियन्त्रणमा लिन नसकिएको र गीताको शव पनि नभेटिएको उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया