क्यान्सर रोग अध्ययन संस्थान चितवनमै स्थापना गर्न माग गर्दै स्वास्थ्यमन्त्रीलाई बुझाइयो ज्ञापनपत्र
चितवन । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पदाधिकारी र जनप्रतिनिधिहरुको टोलीले शिक्षा तथा स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै चितवनमै राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्न माग गरेको छ ।
सरकारले भक्तपुर क्यान्सर अस्पतालमा राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्ने प्रक्रिया अघि बढाएको विरोधमा ज्ञापन पत्र बुझाइएको हो । ६० प्रतिशतभन्दा बढी क्यान्सरका बिरामीको उपचार गर्दै आएको चितवनको भरतपुरस्थित वीपी कोइर...


