![](https://www.ujayalokhabar.com/wp-content/uploads/2021/06/IMG_7371-scaled.jpg)
चितवन । नगरक्षेत्रमा बसोवासगर्दै आएका भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित वस्तीहरुमा कालिका नगरपालिकाले नक्साकंन गर्ने प्रकृया सुरु गरेको छ । लालपुर्जा वितरणका लागि नगरपालिकाले नक्साकंन गर्न थालेको हो ।
नगरक्षेत्रभित्रका भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित वस्तीको क्षेत्रफल नाप्नका लागि वडा नं। ६ वाट कन्ट्रोल प्वाईन्ट निर्माणको काम आजदेखि सुरु गरेको हो । कन्ट्रोल प्वाइन्ट निर्माणको काम सुरुभएसँगै नक्साकंनको प्रकृया सुरु हुन्छ ।
नगर प्रमुख खुमनारायण श्रेष्ठ र भूमि सम्बन्धी समस्या सामाधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले संयुक्त रुपमा कन्ट्रोल प्वाईन्ट निर्माणको सिलन्यास गरेका छन् । वडा नं। ६ हुँदै अन्य सबै वडामा पुगेर प्राविधिकहरुले जग्गाको क्षेत्रफल नापेर नक्साकंन गर्नेछन् । कालिका नगरपालिकामा मात्रै २ सयवटा कन्ट्रोल प्वाईन्ट निर्माणहुनेछ ।
लामो समयदेखि भूमिहीनहरुलाई जग्गाको मालिक बनाउने प्रकृयामा कालिका नगरपालिका सक्रिय भएर अगाडी बढेको छ । कन्ट्रोल प्वाईन्टको शिलन्यानसले आफुहरुलाई थप उत्साहित बनाएको वडा नं। ६ का वडा अध्यक्ष विनोद रेग्मीले बताए । वर्षौदेखिको भूमिहीनहरुको समस्या छिट्टै समाधानहुने उनले बताए । कालिकाको वडा नं। ३ ले पनि भूमिहीनका लागि वडावाटहुने आवश्यक काम सकिसकेको छ । वडा अध्यक्ष टिकाराज रिजालका अनुसार वडा आफैले भूमिहीनहरुले भोग चलन गर्दै आएको जग्गाको नक्साकंन गरिसकेको छ ।
नगरक्षेत्रमा रहेका भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बस्तीमा बसोबासगर्नेहरुको तथ्यांक लिने, कम्प्यूटरमा इन्ट्रीलिने काम भइसकेको छ । अब नापनक्सा तयार गरेर राज्यले बनाएको नीति अनुसार किताकाट गरेर लालपुर्जा दिनेकाम बाँकी छ । नगरपालिकाले भूमिहीनको समस्यालाई पहिलो प्राथमिकतामा राखेर कामगर्दै आएको नगरप्रमुख खुमनारायण श्रेष्ठले बताए । नगरपालिकाको भखरै सम्पन्न नीति तथा कार्यक्रममा पनि भूमि समस्या समाधानका लागि बजेट व्यवस्थापनको काम गरिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । भूमिहीनहरुलाई लालपुर्जा दिने सबैको दायित्व भएकाले यो अभियानमा सबैलाई हातेमालो गरेर साथ दिन समेत नगरप्रमुख श्रेष्ठले आग्रह गरे ।
कालिका नगरपालिका क्षेत्रभित्रका झण्डै १९ सय ४६ जना भूमिही दलित, सुकुम्वासीले फारम भरेका छन् । नगरक्षेत्रभित्र अव्यवस्थित बसोवासगर्दै आएका ३ हजार ६ सय ४५ घरधुरीगरी झण्डै ५ हजार ५ सय ९१ घरधुरीले फारम भरेका छन् । नगरपालिकाले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासगर्दै आएका परिवारका लागि १८ सय ३० विगहा १४ कट्ठा ५ धुर जग्गाको व्यवस्थापन गर्नुपर्नेछ ।
भूमिहीनलाई जग्गाको मालिक बनाउने उद्देश्य अनुसार नेपाल सरकारले काम तीब्रपारेपनि स्थानीयतहले खासै महत्व नदिएको भूमि सम्बन्धी समस्या सामाधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले बताए । कतिपयलाई यो काम सरकारले नगरेको भए हुनेथ्यो झैगरी आलटाल गरिरहेका छन अध्यक्ष पाठकले सुनाए । सबैभन्दाबढी माडी नगरपालिकामा काम प्रभावित भएको छ । निकुञ्जको क्षेत्रमा पर्नेभएकाले तथ्यांक लिने काम बाहेक अन्य कामहरु अगाडी बढ्न सकेको छैन ।
यता पूर्वी चितवनको राप्तीनगरपालिकाले भूमिहीनहरुकालागि जग्गाको क्षेत्रफल नाप्नेकाम सुरु गरेको छ । अन्य स्थानीयतहले डाटालिने र प्राप्त डाटालाई कम्प्युटरमा इन्ट्रीगर्ने काम गरिरहेका छन् । जग्गाको नाप, नक्सा देखि किताकाट जतिछिटोगर्न सके त्यतिनै छिटो लालपुर्जा वितरण हुने उनको भनाई छ ।