मुख्यमन्त्री पौडेलद्वारा नारायणी कटान क्षेत्रको अवलोकन, नियन्त्रणको काम गर्ने प्रतिबद्धता
चितवन। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पोडेलले चितवनको बाढी प्रभावित क्षेत्रको आज अवलोकन गर्नुभएको छ । उहाँले नारायणी नदीले कटान गरेको पश्चिम चितवनका विभिन्न क्षेत्रको अवलोकन गर्नुभएको हो ।मुख्यमन्त्री पौडेलले नारायणी नदीले कटान गरेको गोलाघाट, न्युरे चोक, सिस्वार, गाँजीपुरलगायतका नदी तटीय क्षेत्रको अवलोकन गर्नुका साथै स्थानीयका समस्या बुझ्नुभयो ।
भरतपुर महानगरपालिकाको वडा नं। २६ र २७ का विभिन्न स्थानमा नारायणी नदीले कटान गरेको छ भने चैते धान लगायतका अन्नबालीमा क्षति पु...


