गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन्।शुक्रबार बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मतको प्रस्ताव राख्न लागेका हुन्।
मुख्यमन्त्री भएको एक साताभित्रै उनले विश्वासको मत लिन लागेका छन्। मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ।नेपाली कांग्रेस संसदीय दलका नेता रहेका पोखरेल विपक्षी गठबन्धनको सहयोगमा मुख्यमन्त्री भएका थिए। उनलाई मुख्यमन्त्री बनाउन कांग्रेस, नेकपा माओवादी क...


