सुस्मा न्यौपाने
गैँडाकोट । लगातारको बर्षाका पछि नारायणी नदीमा वाढी आउँदा नवलपुरको गैँडाकोटमा झण्डै ५० परिवार घर बाहिर निस्केका छन् । गैँडाकोट नगरपालिका वडा नं. २ को नारायणी टोलका ५० परिवार आफ्नो घर छाडेर स्कुल र क्याम्पसको भवनमा बसेका हुन् ।
गैँडाकोट नगरपालिका वडा नं. २ का अध्यक्ष ध्रुवराम पौडेलले स्थानीय महेन्द्रस्मारक आधारभूत विद्यालय र अक्सफोर्ड कलेजको भवनमा नदी किनारका स्थानीयलाई राखिएको उज्यालोलाई जानकारी दिनुभयो ।
नारायणी नदीमा लगातारको वर्षापछि पानीको बहाव बढेर बस्ती प्रवेश गरेपछि सम्भावित दुर्घटनाबाट बचाउन नदी किनारका स्थानीयहरुलाई स्थानान्तरण गरिएको हो । स्थानीय प्रहरी प्रशासन र युवाहरुको उद्धारटिमलाई समेत तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।