×

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नम्वर ४ मा सयौं रोपनी प्रतिजग्गा स्थानीय जनप्रतिनिधिहरुको मिलिमतोमा किनवेच भईरहेको पाइएको छ । भूकम्प अघि केहि घर मात्र बनेपनि अहिले राजनीतिक स्वार्थ र स्थानीय जनप्रतिनिधिको मिलिमतोमा लालपुर्जा बिनाकै जग्गा एकापसमा किनबेच हुने र सिफारिस समेत दिने गरेको स्थानीयहरु बताएका छन् ।

स्थानीयका अनुसार बुढानिलकण्ठ नगरपालिकामा वडा नम्वर ४ का वडाध्यक्षमा राजु खड्का निर्वाचित भएर आएपछि बुढानिलकण्ठ नगरपालिका वडा लिपिकोटको सार्वजनिक जग्गा लगभग १३० रोपनी जग्गामा विश्वविद्यालय बनाउने अवलोकन भएपनि जनप्रतिनिधिहरुसँग मिलेर शंकर भण्डारी, बिकाश भण्डारी, शिवराम भण्डारी, अजय तामाङ आदिको मिलिमतोमा दुई सय घर-टहराहरु बनाउन प्रति आना तीनरतीन लाख सम्ममा बिक्रीवितरण गरिएको स्थानीयको आरोप छ ।

बुढा नीलकण्ठ नगरपालिकाका मेयर उद्दव खरेलले पटक-पटक वडा नम्वर ४ का अध्यक्षलाई घर बनाउन र बिक्रीवितरण गर्ने काम रोक्न आग्रह गर्दा अटेरी गरेको र राजनीतिक स्वार्थ तथा आर्थिक स्वार्थमा घर बनाउने सिफारिस, बत्ति जोड्ने सिफारिस दिने काम गरेको स्थानीयको भनाई छ ।वडा नम्बर ४ का जनप्रतिनिधहरु सबै नेपाली कांग्रेसबाट बिजयी भएका हुन् ।

यसै ठाउँमा राजनीतिक तथा आर्थिक स्वार्थमा परेर वडा कार्यालयले पहिरो संरक्षणको नाममा हालेको बजेटमा समेत बिबाद सृजना भएको छ । वडा अध्यक्षले नगरपालिकाबाट एक ठाउँमा बजेट हाल्ने भनेर झुक्याई अर्को ठाउँमा बजेट पारेको मेयर खरेलले बताएका छन् । स्थानीयका अनुसार मिलिमतोमा पहिरो संरक्षणको नाममा नगरपालिकाको बजेट समेत दुरूपयोग भएको छ । वडा कार्यालय प्रभावमा पर्दा पहिरो संरक्षण भन्दै सरकारी जग्गामा बनेको घरको संरक्षणमा समेत १५ लाख बजेट हालि निर्माणकार्य सम्पन्न भएको छ । प्रति जग्गामा घर बनाएका शङ्कर भण्डारीले उनको घर संरक्षणको लाग्गी पर्खाल लगाउन वडा अध्यक्षसँग मिलेर नगरपालिकालाई झुक्याई १५ लाख सिफारिस गरेको मेयर खरेलको भनाई छ ।

यस सम्बन्धमा नगरपालिकामा उनुरी परेपछि नगरपालिकाले अनुसन्धान गर्ने भन्दै पैसा रोक्का गरेको छ । त्यस्तै यस सम्बन्धमा नगरपालिकाका मेयर उद्दव खरेलले नगरपालिका र आफूलाई ढाटेर एक ठाउँको लागि भन्दै अर्को ठाउँमा निर्माण भएको संचारकर्मीसँग बताएका छन् । तर प्रति जग्गामा बनेको घर संरक्षणको लागि नगरपालिकाले बजेट दिएको विबादले नगरपालिकाले पैसा रोकेपछि मिलिमतोमा संलग्नहरुले कुरा फेरेर मेयरलाई पछिल्लो पटक मोही(तलसिङ रहेको जग्गाको पहिरो संरक्षण भएको दावी गर्दै नगरपालिकाबाट पैसा मागेका छन् । यस सम्बन्धमा मेयर खरेलले जग्गाको प्रमाण-पुर्जा मगाएको बताएका छन् ।

स्थानीयहरुले उक्त ठाउँमा एकाएक बस्ति निर्माण हुनुमा नयाँ जनप्रतिनिधि आएपछि भुफियाहरुसँगको मिलिमतो रहेको बताएका छन् । उनीहरुले यसरी प्रति जग्गाको दोहन हुँदा सम्बन्धित निकायले कारवाहीको सट्टा, घरबाटो सिफारिस र बिजुलीको पोलहरु समेत दिंदै आएको छ । केहि बर्ष यता बस्ति बढेपछि र धमाधम प्रति जग्गा किनबेच हुन थालेपछि स्थानीयहरुले यस सम्बन्धमा नगरपालिकासम्मको मिलिमतो रहेको शंका लागेको गुनाशो गरेका छन् । एक स्थानीयले भने प्रति जग्गाको दोहन हुँदै गर्दा नगरपालिका मौन बस्नु आफैमा शंकास्पद छ ।

उक्त ठाउँमा जग्गा बिक्रिमा संलग्नहरुले पछि तपाईंहरुले लालपुर्जा पाउनुहुन्छ भाड्ने आश्वासन देखाएर प्रतिजग्गा धमाधम बिक्रीवितरण गरिएको स्थानीयले बताएका छन् । उक्त ठाउँमा घर निर्माण गरेकामध्य एक जनाले वडाको सिफारिसमा घर बनाएको बताएका छन् । अहिले उनिहरुसँग उक्त जग्गाको लालपुर्जा नभएको तर पछि पाउने बताएका छन् ।

यस सम्बन्धमा स्थानीयहरुले गुनाशो गर्न थालेपछि भ्रष्टाचार विरुद्ध नागरिक अभियान नेपालले नगरपालिकाको ध्यानाकर्षण गराएको जनाएको छ । अभियानले गत जेठ ७ गते नगरपालिकालाई यस सम्बन्धमा निवेदन समेत दर्ता गराएको छ । उक्त निवेदनमा नगरपालिकाका मेयर खरेलले लगाएको तोकमा ‘उल्लेखित योजना सम्झौता अनुसार नभएको भन्ने देखिएकोले तुरुन्त छानवीन प्रतिवेदन नआई कार्य रोक्का गर्ने‘ उल्लेख छ ।

उक्त अभियानले नगरपालिकामा पेश गरेको निवेदनमा नगरपालिकाभित्रका सार्वजनिक जग्गा संरक्षणको लागि पटक(पटक आवाज उठाएको तर नगरपालिकाले वेवास्ता गर्दै ४ नम्वरको वडाको लिपिकोट भन्ने ठाउँमा सार्वजनिक जग्गा शंकर भण्डारीको अगुवाईमा व्यापक रुपमा निर्माण भईरहेको ध्यानाकर्षण गराएको थियो । निवेदनमा नगरपालिकामा मेयरको पी।ए। सुमित खरेल को पहलमा यस बुढानीलकण्ठ नगरपालिकाले भूक्षय नियन्त्रणको शिर्षकमा पर्खाल निर्माण गर्नको लागि यसै आर्थिक वर्षमा रु १५ लाख बिनियोजन गरेर सार्वजनिक जग्गा अतिक्रमणलाई प्रोत्साहन भएको देखिएकोु भन्दै तुरुन्त निरीक्षण गरी सो काम रोक्न अनुरोध गरेको छ । साझा सवालबाट 

तपाईको प्रतिक्रिया