देशभर भीषण वर्षाको सम्भावना‚ सतर्कता अपनाउन आग्रह
काठमाडौं । आज मुलुकको अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सातै प्रदेशको अधिकांश स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ।मनसुनी वायुका कारण र न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेकाले शनिबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको महाशाखाले जनाएको छ। सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो पनि देशको अधिकांश भू-भागमा मौसम बदली रही धेरै स्थानमा वर्षाको सम्भावना मौसम पूर्वानुमान मह...


