×

समाचार

पहिरोले मुग्लिन- नौविसे सडकखण्ड अवरुद्ध

पहिरोले मुग्लिन- नौविसे सडकखण्ड अवरुद्ध
पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । पृथीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ः०० बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिनुभयो । पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने उहाँले बताउनभयो ।

आज कुशे औँसी अर्थात बुवाकाे मुख हेर्ने दिन

आज कुशे औँसी अर्थात बुवाकाे मुख हेर्ने दिन
काठमाडौं । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्।शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ।आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग ...

आगामी तीन दिनसम्म नेपालका धेरै स्थानमा मेघ गर्जन सहित भारी वर्षा

आगामी तीन दिनसम्म नेपालका धेरै स्थानमा मेघ गर्जन सहित भारी वर्षा
काठमाडौं – आगामी तीन दिनसम्म नेपालका धेरै स्थानमा मेघ गर्जन सहित भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव रहेकोले देशभर सामान्य तथा पूर्ण बदली रहेको महाशाखाको भनाइ छ । महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, बाग्मति, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा बर्षा भैरहेको छ । बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा भैरहेको महाशाखाले जनाएको छ । बाग्मती तथा लुम्बि...

मनकामना केबलकार आइतबारदेखि संचालनमा आउँदै

मनकामना केबलकार आइतबारदेखि संचालनमा आउँदै
कुरिनटार । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण बन्द भएको मनकामना केबलकार आइतबारदेखि संचालनमा आउने भएको छ। स्वास्थ्य मापदण्ड पालना गरेर केबलकार संचालनमा ल्याउने चितवन कोइका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले बताउनुभयो । स्वास्थ्य मापदण्ड पूरा गरेर आइतबारदेखि संचालनमा ल्याउन लागिएको उहाँले बताउनुभयो । कोभिड संक्रमणको महामारीलाई ध्यानमा राख्दै कम्पनीले नगदरहित कारोबार इ–सेवा, फोन पे र खल्तीमार्फत टिकट काट्ने व्यवस्था गरिएको छ। उहाँका अनुसार इ–सेवा मार्फत...

मिनी ट्रक दुर्घटनाका घाइतेको हेलिकप्टरबाट उद्धार

मिनी ट्रक दुर्घटनाका घाइतेको हेलिकप्टरबाट उद्धार
फोटो सौजन्य  ज्ञानु कंडेल धादिङ । धादिङको जिल्ला सदरमुकाम धादिङबेसी नजिकैको बगैंचाभन्ने स्थानमा सोमबार भएको मिनी ट्रक दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जनालाई उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।ज्वालामुखी गाउँपालिका–५ खरीबाट धादिङबेसी आउँदै गरेको मिनी ट्रक ब्रेक फेल हुँदा अनियन्त्रित भएर रोकीराखेको बा ३ ख ५७४४ नम्बरको टिपरमाा ठोक्किँदा दुर्घटना भएको थियो । सोमबार बिहान साढे ९ बजेको समयमा भएको दुर्घटनामा परी ३५ जना घाइते भएका थिए । जसमध्ये १६ ज...

आजदेखि लगातार झरी पर्ने क्रम केही घट्ने

आजदेखि लगातार झरी पर्ने क्रम केही घट्ने
काठमाण्डौ। आजदेखि लगातार झरी पर्ने क्रम केही घट्ने मौसमविद्ले बताएका छन् ।मौसमविद् राजु प्रधानाङ्गका अनुसार हिजो अस्तिजस्तो लगातार झरी पर्ने सम्भावना आज कम छ।तर वाग्मती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना छ । गएराति पनि वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ । भोलिदेखि भने मौसम खुल्ने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो । मनसुनको अवधि अझै एक महिना बाँकी भएकाले डुबान र पहिरोको जोखिम भने कायमै...

जल तथा ऊर्जा आयोगको सचिवालयलाई नियमनकारी निकायका रूपमा विकास गरिन्छ’

जल तथा ऊर्जा आयोगको सचिवालयलाई नियमनकारी निकायका रूपमा विकास गरिन्छ’
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जल तथा ऊर्जा आयोगलाई जलस्रोतको अध्ययन अनुसन्धानसहित सो क्षेत्रको नियमनकारी निकायका रूपमा पनि विकास गरेर लैजानुपर्ने बताएकी छन् । जल तथा ऊर्जा आयोगको सचिवालयको गतिविधिबारे आज जानकारी लिने क्रममा उनले भनिन्, ‘आयोगलाई नियमनको अधिकार दिनुपर्छ भन्नेमा म सहमत छु ।’ कुनै पनि निकायले आफ्नो क्षेत्राधिकारभित्र रहेर कुशलतापूर्वक काम गर्नुपर्नेमा जोड दिँदै उहाँले आयोगलाई जनशक्ति एवं आर्थिक स्रोत उपलब्ध गराएर कामका हिसाबले सक्षम...

नवलपुरको रुद्रपुरगढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

नवलपुरको रुद्रपुरगढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
कावासोती । सेनकालीन इतिहाससँग जोडिएको रुद्रपुरगढीसहित आसपासका क्षेत्र समेटेर पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने भएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको हुप्सेकोट गाउँपालिकाअन्तर्गत पर्ने रुद्रपुरगढीसहितका यस आसपासका क्षेत्रलाई समेटी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागिएको हो । रुद्रपुर गढी र यस आसपास रहेका पर्यटकीय स्थानको संरक्षण र विकास गर्न यस वर्ष रु चार करोड बढी रकम विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले बताउनुभयो । सङ्घीय सरकारको रु दुई कर...

वर्ल्ड लिंकले एक महिनासम्म ग्राहकहरुलाई झुलाएर यसरी ठग्छ !

वर्ल्ड लिंकले एक महिनासम्म ग्राहकहरुलाई झुलाएर यसरी ठग्छ !
काठमाडौं : आफूले आफूलाई नेपालकै नम्वर १ इन्टरनेट सेवाप्रदायक कम्पनी दावी गर्ने वर्ल्ड लिंक कम्युनिकेसन प्रालिले आफ्नै ग्राहकहरुलाई ठग्न नयाँ–नयाँ उपाय रच्ने गरेको खुलेको छ । कुनै न कुनै वहानामा ग्राहकहरुलाई आफ्नो पक्षमा पारेर उठाएको करोडौंको रुपैयाँ प्रचार–प्रसारमा खर्च गर्दै आएको वर्ल्ड लिंकले इन्टरनेट र नेट टिभी उपलब्ध गराउँदै आएको छ । ‘छिटो भनेकै वर्ल्ड लिंक’ भनेर नारा नै बनाएर प्रचार गर्ने वर्ल्ड लिंकको प्रचार अनुसार सेवा छिटो र छरितो हुनुपर्ने हो तर, अवस्था ठ्याक्कै उ...