×

काठमाडौं – आगामी तीन दिनसम्म नेपालका धेरै स्थानमा मेघ गर्जन सहित भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव रहेकोले देशभर सामान्य तथा पूर्ण बदली रहेको महाशाखाको भनाइ छ । महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, बाग्मति, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा बर्षा भैरहेको छ ।

बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा भैरहेको महाशाखाले जनाएको छ । बाग्मती तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा रातमा पनि भारी वर्षा हुने महाशाखाले जनाएको छ । आज दिनभरि नै मौसम बद्ली भइ धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । पानीसँगै चट्याङ पर्ने संभावना पनि रहेको महाशाखाले जनाएको छ ।

काठमाण्डौमा गएराति यसपालिकै सबैभन्दा ठूलो वर्षा भएको छ । राति २ बजेदेखि काठमाण्डौ उपत्यकाका धेरै ठाउँमा मेघगर्जनसहित ठूलो पानी परेको हो । काठमाण्डौमा पछिल्लो २४ घण्टामा एक सय पाँच मिलिमिटर वर्षा भएको छ । मनसुन सुरु भएपछि उपत्यकामा पहिलो पटक छोटो समयमा एकै पटक यति ठूलो वर्षा भएको हो ।

मनसुनी न्यून चापीय रेखा सामान्य अवस्था भन्दा तल रहे पनि बङ्गालको उत्तर पूर्वी भू–भागमा बनेको जलवाष्पयुक्त हावाको प्रभावले स्थानीय वायुको समेत विकास हुँदा मेघगर्जनसहित ठूलो पानी परेको मौसमविदको भनाइ छ । यस्तै, भोलि पनि काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा पानी पर्ने छ ।

तपाईको प्रतिक्रिया