भक्तपुरमा ट्रकमा लिफ्ट लिन गएकी १३ वर्षीया बालिका बलात्कृत, काभ्रेबाट दुई पक्राउ
काठमान्डौ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा झापा हल्दिबारी गाउँपालिका-५ का ३२ वर्षीय हर्कबहादुर विश्वकर्मा र मोरङ उर्लाबारी नगरपालिका-१ का १८ वर्षीय निदिप धिमाल छन्।
उनीहरूलाई मंगलबार बिहान प्रहरीले काभ्रेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।प्रहरीका अनुसार बालिकामाथि बलात्कार घटना भदौ २६ गते मध्यराति भएको हो। भक्तपुर नगरपालिका-१ श्रृजनानगरस्थित सडकमा ती बालिका मध्यराति गाडी कुरेर बसिरह...


