×

समाचार

अबको केही दिन लगातारजसो पानी पर्ने

अबको केही दिन लगातारजसो पानी पर्ने
काठमाण्डौ - यो वर्षको मनसुनमा औसत भन्दा धेरै वर्षा भएको छ । गएको जेठ २८ गते मनसुन सुरु भएयता दुई महिनामै औसत भन्दा धेरै पानी परेको हो । यसपाली मनसुन निरन्तर सक्रिय छ । साउन अन्तिमसम्म आइपुग्दा मनसुन अवधिभर पर्नुपर्ने पानीको ६९ दशमलव ९ प्रतिशत पानी परिसकेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार यो औसत भन्दा धेरै वर्षा हो । मनसुन अवधिमा नेपालमा हुने कुल वर्षाको झण्डै ८० प्रतिशत वर्षा हुने गर्छ । त्यसमध्ये साउन २६ गतेसम्म ६९ दशमलव ९ प्रतिशत पानी परिसकेको पछि...

मुलुकभर निषेधाज्ञामा थप कडाइ गरिँदै

मुलुकभर निषेधाज्ञामा थप कडाइ गरिँदै
काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा अघिल्लो साता (साउन २१) मा भेला प्रशिक्षण तथा गोष्ठी अनिवार्य भर्चुअलको माध्यमबाट मात्रै आयोजना गर्ने गरी आदेश जारी भयो । यसको अघिको आदेश हेर्ने हो भने २५ जनाभन्दा बढी सहभागी नहुने गरी कार्यक्रम गर्न सकिन्थ्यो । यही साउन २८ देखि अगामी भदौ ८ गतेसम्मका लागि जारी आदशेमा यसका अतिरिक्त राति ८ बजेभित्रमा सार्वजनिक तथा निजी सवारी गन्तव्य स्थलमा पुगिसक्नुपर्ने थप आदेश जारी भएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौल...

स्याल मार्न चलाएको बन्दुकको गोलीले लागेर आफ्नै छोराको मृत्यु

स्याल मार्न चलाएको बन्दुकको गोलीले लागेर आफ्नै छोराको मृत्यु
बुटवल । पाल्पामा स्याल मार्न चलाएको बन्दुकको गोलीले लागेर आफ्नै छोराको मृत्यु भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-६ जुठापौवाका ५६ वर्षीय कर्णबहादुर लम्तरीले हानेको गोली लागेर छोरा ३५ वर्षीय धनबहादुर लम्तरीको मृत्यु भएको हो । कर्णबहादुरले शुक्रबार बेलुकी भरुवा भन्दुकले मकै बारीमा आएको स्याललाई ताकेर हान्न खोज्दा घरदेखि करिब १०० मिटर टाढा मकै बारीमा रहेका धनबहादुरलाई लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प...

चाबहिलमा श्रीमानद्वारा श्रीमतीको हत्या

चाबहिलमा श्रीमानद्वारा श्रीमतीको हत्या
काठमाडौं । काठमाडौंको चाबहिलमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।मकवानपुरको हेटौंडा घर भई काठमाडौंको चाबहिल बस्दै आएका ३९ वर्षका राम श्रेष्ठले २३ वर्षकी श्रीमती रञ्जना तामाङको घाँटी थिचेर हत्या गरेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ । रञ्जना ६ महिनाकी गभर्वती थिइन् । हत्यापछि उनी आफैंले प्रहरीको हटलाइन १०० नम्बरमा फोन गरेर आफूले श्रीमतीको हत्या गरेको जानकारी दिएका थिए । उनले फोन गरेपछि प्रहरी टोली पुग्दा कोठाभित्र चुकुल लगाएर बसेको अवस्थामा अभियुक्त र ओछ्यानमा...

बुबा र काकाले गरे १६ वर्षीय छोरीको बलात्कार

बुबा र काकाले गरे १६ वर्षीय छोरीको बलात्कार
पर्वत  । नाताले आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा पर्वत जिल्ला प्रहरीले पीडितका बुबा र काकालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारीअनुसार आफ्नी छोरीलाई बलात्कार गर्ने ४४ वर्षीया बुबा र आफ्नै ३६ वर्षीय काकालाई प्रहरीले नियन्त्रणमा लिएको हो । सोह्र वर्षकी किशोरी छोरीलाई गत वैशाख २ गते बुबा र साउन २३ गते काकाले बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेका बुबा र काकाविरुद्ध किशोरीका दाइले दिएको जाहेरीका आधारमा दुई जनालाई प्रहरीले पक्राउ गरेको...

चितवनमा कडा निषेधाज्ञा : खाद्यान्न पसलहरु बिहान १० बजेसम्म मात्र खुल्ने

चितवनमा कडा  निषेधाज्ञा : खाद्यान्न पसलहरु बिहान १० बजेसम्म मात्र खुल्ने
चितवन । कोरोना भाइरस कोभिड–१९ संक्रमणको जोखिम कम गर्न चितवनमा जारी गरिएको निषेधाज्ञालाई थप कडाइ गरिएको छ ।आज बुधबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञामा थप कडाइ गरिएको जनाएको हो । प्रशासनका अनुसार औषधि, अक्सिजन सिलिण्ड तथा स्वास्थय सामग्री सम्बन्धी पसल, एग्रोभेट, बीउबिजन, रासायनिक मल र भेटेनरी औषधि पसल पूर्णरुपमा सञ्चालन गर्न पाइने छ । यस्तै खाद्यान्न, तरकारी, फलफूल, दूध डेरी, माछारमासु, अण्डा, चल्ला, दाना, खाना पकाउने ग्याँस सम्बन्धी पसल, पू...

शाखा अधिकृतको खुल्ला विज्ञापनको पदपूर्ति प्रक्रिया अघि नबढाउन सर्वोच्चको आदेश

शाखा अधिकृतको खुल्ला विज्ञापनको पदपूर्ति प्रक्रिया अघि नबढाउन सर्वोच्चको आदेश
काठमाण्डौ-सर्वोच्च अदाललते लोक सेवा आयोगले सङ्घको शाखा अधिृकत पदका लागि गरेको खुल्ला विज्ञापनको पदपूर्ति प्रक्रिया तत्काल अघि नबढाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरू तेजबहादुर केसी र डाक्टर कुमार चुडालको संयुक्त इजलासले २०७६ माघमा ५६० र २०७७ माघमा ११४ गरी ६७४ रिक्त पद पूर्तिका लागि आयोग गरेको विज्ञापन अघि नबढाउन अन्तरिम आदेश दिएको हो । आयोग विरुद्ध अर्जुन घिमिरेले दायर गरेको रिट निवेदनमा आदेश भएको हो । कर्मचारी समायोजना गर्दा सङ्घमा भएका ३४ जना शाखा अधिकृतलाई दरबन्दी...

२,५४८ जनामा कोरोना संक्रमण पुष्टि, थप ५५ जनाको मृत्यु

२,५४८ जनामा कोरोना संक्रमण पुष्टि, थप ५५ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षण गर्दा ४११ गरी २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ भने २ हजार २९ जना निको भएका छन् ।

मेयरलाई कार्यकक्षमै मसाज ! मेयर भन्छन्:जेठमा बिरामी हुँदाको तस्वीर हो

मेयरलाई कार्यकक्षमै मसाज ! मेयर भन्छन्:जेठमा बिरामी हुँदाको तस्वीर हो
जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाका मेयरको कार्यकक्षमै मसाज गराएको तस्वीर भाइरल भएको छ ।मेयर बेचन दासले कार्यालयभित्रै सोफामा सहयोगीबाट मसाज गराउँदै गरेको तस्वीर भाइरल भएको हो । तस्वीरमा दास कार्यालयको सोफामा आराम गरिरहेको र कार्यालय सहयोगी करण दासले खुट्टामा मसाज गरिरहेको देखिन्छ । कोठाभित्र मसाज गराएको तस्वीर झ्यालबाट एक जना स्थानीय व्यक्तिले कैद गरेर सामाजिक संजालमा राखिदिएका हुन् । उक्त तस्वीर भाइरल भएपछि मेयर बेचनको आलोचना भएको छ । मेयर बेचनले भने आफू बिरामी भएपछ...