स्याल मार्न चलाएको बन्दुकको गोलीले लागेर आफ्नै छोराको मृत्यु
बुटवल । पाल्पामा स्याल मार्न चलाएको बन्दुकको गोलीले लागेर आफ्नै छोराको मृत्यु भएको छ ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका-६ जुठापौवाका ५६ वर्षीय कर्णबहादुर लम्तरीले हानेको गोली लागेर छोरा ३५ वर्षीय धनबहादुर लम्तरीको मृत्यु भएको हो ।
कर्णबहादुरले शुक्रबार बेलुकी भरुवा भन्दुकले मकै बारीमा आएको स्याललाई ताकेर हान्न खोज्दा घरदेखि करिब १०० मिटर टाढा मकै बारीमा रहेका धनबहादुरलाई लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प...


