मेलम्चीमा आएको बाढीले रेडियो मेलम्चीकाे भवन बगायो
काठमाण्डौ - मेलम्चीमा आएको बाढीले रेडियो मेलम्ची १०७ दशमलव २ मेगाहर्जको भवन बगाएको छ।
बाढी आउनु अघिको रेडियोको भवन
राति १२ बजे ४० मिनेट जाँदा रेडियोको भवन बाढीले बगाएको रेडियोका स्टेशन म्यानेजर देवराज सुवेदीले जानकारी दिनुभयो ।
असार १ गते आएको बाढीले डुबानमा परेको रेडियोको भवन।
गएको असार १ गते आएको बाढीले रेडियोको भवनमा क्षति गरेको थियो । ‘तीन तलाको रेडियोको भवन त्यतिबेला दुई तला डुबानमा परेको थियो, गएरातिको बाढीले पूरै भवन नै बगायो।’ – सुवेदीले भन्नुभयो
...


