नवलपुर । समाजलाई सहि गोरेटो तर्फ लैजाने र भ्रष्टाचार विरुद्ध निरन्तर खबरदारी गर्ने उदेश्यले पूूर्वि नवलपरासीमा शुसानका लागि हाम्रो नेपाल हामी नेपाली भ्रष्टाचार विरुद्धको महाअभियानको जिल्ला समिति गठन गरिएको छ ।
जिल्लाको गैँडाकोटमा शनिवार सम्पन्न भेलाले गंगा जिसीको संयोजकत्वमा १५ सदस्यीय जिल्ला समिति गठन गरेको हो । समितिको सहसंयोजकमा राजु भुसाल, सचिबमा शिब भुसाल, सह–सचिबमा गणेश प्रसाद अधिकारी, कोषाध्यक्षमा ओम प्रसाद सुवेदी, र सह– कोषाध्यक्षमा गौतम श्रेष्ठ रहनु भएको छ ।
त्यसैगरी समितिको सदस्यहरुमा नन्दु पौडेल , पदम खनाल, आत्माराम पाठक लक्ष्मी थापा, गोविन्द पौडेल राजन रायमाझी, कृष्ण कुवर, तेजेन्द्र सापकोटा र गंगा सुवेदी रहनुभएको छ । अभियानको सल्लाहकारमा लोकनाथ बस्ताकोटी रहनुभएको अभियानका संयोजक गंगा जिसीले बताउनु भयो ।
सरकारी कार्यालयमा हुने गरेका भ्रष्टाचार र ढिलासुुस्ती विरुद्ध अभियानले काम गर्र्ने जिसीले बताउनुु भयो । उहाँले यो अभियान सबै नेपालीहरुको साझा अभियान भएको बताउँदै समाज निर्माणको लागि सदैव कृयाशिल रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया