काठमाण्डौ-सर्वोच्च अदाललते लोक सेवा आयोगले सङ्घको शाखा अधिृकत पदका लागि गरेको खुल्ला विज्ञापनको पदपूर्ति प्रक्रिया तत्काल अघि नबढाउन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीशहरू तेजबहादुर केसी र डाक्टर कुमार चुडालको संयुक्त इजलासले २०७६ माघमा ५६० र २०७७ माघमा ११४ गरी ६७४ रिक्त पद पूर्तिका लागि आयोग गरेको विज्ञापन अघि नबढाउन अन्तरिम आदेश दिएको हो । आयोग विरुद्ध अर्जुन घिमिरेले दायर गरेको रिट निवेदनमा आदेश भएको हो ।

कर्मचारी समायोजना गर्दा सङ्घमा भएका ३४ जना शाखा अधिकृतलाई दरबन्दी नभएको भन्दै पालिकामा पठाइएको थियो । रिक्त पद हुँदाहुँदै आफूलाई पालिकामा पठाइएको र ती ३४ जनाभन्दा पछि आएका सङ्घमा वरिष्ठ हुने भएकाले समानता र प्रशासनिक न्यायको दृष्टिले कानुन सम्मत नहुने हुँदा आफूलाई पनि सङ्घमा समायोजना गर्नुपर्ने रिट निवेदकको माग थियो ।

तपाईको प्रतिक्रिया