कावासोती । अविरल वर्षा पछि आएको पहिरोले थुनिएर ताल बनेको गिरुवारी खोलाको मुहान राते खोला क्रमश बग्न थालेको छ ।

शुक्रबार बिहान राते खोलामा पहिरो खसे पछि खोला थुनिदा ताल बनेको थियो । खोला थुनिदा बनेको ताल ओभर फ्लो भएर बिस्तारै बग्न लागेको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पवन अर्यालले बताए ।

रातो माटो सहितको लेदो बिस्तारै ओभरफ्लो भएर बग्न सुरु गरेको हुँदा तत्काल खोला थुनिएर बनेको ताल फुटने सम्भावना कम रहेको अर्यालले बताए । “खोला बग्न लागेकाले जोखिम अहिलेलाई कम छ तर पानी पर्ने क्रम नरोकिए थप पहिरो जाने सम्भावना रहन्छ, रातको समय भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छौं,” अर्यालले भने ।

गिरुबारी खोलाको मुहान राते खोला थुनिए पछि तल्लो क्षेत्रमा सतर्कता अपनाउन र खोला आसपास नजान स्थानीय प्रशासनले सन्चार माध्यमबाट सूचना प्रसारण गरेर आग्रह गरेको थियो ।

तपाईको प्रतिक्रिया