१८ वर्षमै विवाह गर्न पाउने व्यवस्था गर्न सांसदको प्रस्ताव
काठमाडौँ । सांसदहरुले १८ वर्षमा नै विवाह गर्न पाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । हाल नेपालको कानुनमा २० वर्ष पुगेपछि मात्र विवाह गर्न पाइने व्यवस्था छ ।
सोमबार प्रतिनिधिसभाको कानुन, न्याय तथा माधव अधिकार समितिको वैठकमा बलात्कारसँग सम्बन्धित कानुनका विषयमा छलफलमा सांसदहरुले कानुनले १८ वर्षमा वालिग हुने व्यवस्था गरिसकेपछि विवाह गर्नका लागि उमेर हद तोकिरहनु नपर्ने धारणा राखेका हुन् ।
सांसदहरु नेपाली कांग्रेसका मीन विश्वकर्मा, लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष...


