
सुस्मा न्याैपाने
नवलपुर।गण्डकी प्रदेशका १० जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई पछाडि पार्दै जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व) कार्य सम्पादनका हिसावले प्रदेशकै उत्कृष्ट कार्यालयको रुपमा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराको आ.व २०७७ ७८ को बार्षिक समिक्षा कार्यक्रममा स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व)ले ७५.४२ प्रतिशत अंक प्राप्त गरेको हो ।
खोप सेवा, परिवार नियोजन, सुरक्षित मातृत्व, तथा विभिन्न स्वास्थ्य सम्वन्धी कार्यक्रमहरुमा स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व) ले प्रगती गरेको पाइएको छ । त्यसैगरी प्रदेश कार्यालयबाट भएका पत्राचारहरुको जवाफ सोको कार्यान्वयन तथा कर्मचारीहरुको अनुसासन समेतको मूल्यांकनका आधारमा स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व)ले प्रथम स्थान हाँसील गरेको हो ।
कार्यालयका प्रमुख केशव प्रसाद चापागाईले कार्यालयका कर्मचारी तथा जिल्लाभर रहेका आफ्नो कार्यालय माताहतका रहेका कार्यालयका कर्मचारीहरुको सामुहिक बलबाट कार्यालयले प्रगती गर्न सकेको बताउनुभयो । उज्यालो खबरसँग कुरा गर्दै उहाँले प्रदेशका ११ वटा जिल्लाका स्वास्थ्य कार्यालयहरु मध्ये स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व) ले प्रथम स्थान प्राप्त गर्नु खुसीको कुरा भएको भन्दै आगामी दिनमा समेत यसलाई निरन्तरता दिनका लागि प्रयासरत रहने बताउनुभयो ।