नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । अध्यक्ष नेपाल ज्वरो र खोकी कम नभएपछि बुधबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएको उनको सचिवालयले जनाएको छ ।
स्वकीय सचिव मोहन गौतमले भने, नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालज्यू ज्वरो र खोकीको समस्याका कारण आज त्रि।वि। शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएको छ ।
गौतमका अनुसार अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह छ ।पूर्वप्रधानमन्त्री नेपाल सोमबारदेखि अस्वस्थ थिए । उनको उपचारमा शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा। सन्तकुमार दाससहितको टोली संलग्न रहेको छ ।